मगर संघ, बेलायतको अध्यक्षमा सुनिल रानामगर निर्वाचित

लण्डन, २४ चैत्र
मगर संघ, बेलायतको छैठौं महाधिवेशनबाट अध्यक्ष पदमा सुनिल रानामगर निर्वाचित हुनुभएको छ । अन्य पदमा निर्विरोध निर्वाचित भएपनि अध्यक्ष पदका लागि भने दुई जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । जसमा सुनिल रानामगरले ४२६ मतमध्ये २४० मत लिएर निर्वाचित हुनुभयो भने अध्यक्ष पदकी प्रत्यासी अनिता रानामगरले १८६ मत प्राप्त गर्नुभयो ।
२१ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सीता पुनमगर, उपाध्यक्षद्वयमा राम गलामीमगर र लाल पुनमगर, महिला उपाध्यक्षमा छवि पुनमगर, महासचिवमा रूद्र थापामगर, सचिवमा सरला रानामगर र कोषाध्यक्षमा होम रोकामगर निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा किशोर रानामगर, सरु रानामगर, निर्मल थापामगर, गजवीर थापामगर, दण्ड थापामगर, रमेश दुरामगर, मोहन थापामगर, टेक रानामगर र शिव रानामगर निर्वाचित हुनुभएको छ । रिक्त रहेको चार पदमा भने पछि पदपूर्ति गरिने जनाइएको छ । महाधिवेशनले महासचिव, कोषाध्यक्ष र शाखा अध्यक्षहरूले प्रस्तुत गरेका प्रतिवेदनहरू समेत पारित गरेको छ ।

Advertisment