मगर संघ, दक्षिण कोरियाको अध्यक्षमा सीपी मगर

सौल, २४ चैत्र
मगर संघ, दक्षिण कोरियाको नवौं महाधिवेशनबाट अध्यक्षमा सीपी मगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष मगर लोक तथा दोहोरी गायक एवं सर्जक समेत हुनुहुन्छ ।
शनिबार सम्पन्न महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा टेक पुनमगर, उपाध्यक्षहरूमा दिल पुनमगर, तुल चोचाङ्गीमगर, उमेश थापामगर र राजकुमार आलेमगर निर्वाचित हुनुभएको छ । त्यसैगरी, महासचिवमा केशर रानामगर, सचिवमा वासु थापामगर, कोषाध्यक्षमा लोक पुनमगर र सहकोषाध्यक्षमा तारा पुनमगर रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा दयाराम रानामगर, होम आलेमगर, तुलबहादुर घर्तीमगर, छविलाल रानामगर, शीतल रानामगर, दिलबहादुर बलामीमगर, यमुना रानामगर, सुनिल थापामगर, टंक रानामगर, गंगा तिलिजा पुनमगर र सोम बुढामगर निर्वाचित हुनुभएको छ । नवीन कालामगरको संयोजकत्वमा गठित पाँच सदस्यीय निर्वाचन मण्डलले सर्वसम्मत रुपमा २१ सदस्यीय कार्यसमिति निर्वाचित गराएको हो ।
महाधिवेशनलाई आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाका अध्यक्ष मल्लिका थकाली, सल्लाहकारहरू अप्त पुनमगर, नवीन कालामगर, होबिर थापामगर, ओम जुग्जालीमगर, ललित थापामगर, यम श्रीसमगर, मनु रोकामगर, नगेन्द्र थापामगर, खगेन्द्र बुढामगर, जीतन भाइ श्रीसमगरलगायतले सम्बोधन गर्नुभएको थियो ।
दक्षिण कोरियामा सन् २००३ मा नेपाल मगर संघको प्रवास शाखाको रुपमा स्थापित मगर संघ, दक्षिण कोरियाले विभिन्न संघसंस्थासँग हातेमालो गर्दै सामाजिक सेवाका कार्यहरू गर्दै आइरहेको छ । महाधिवेशनले महासचिव र कोषाध्यक्षले प्रस्तुत गरेका क्रमशः सांगठनिक तथा आर्थिक प्रतिवेदन समेत सर्वसम्मत पारित गरेको छ ।

Advertisment