पोखरामा अटो व्यवसायीलाई कर प्रशिक्षण

पोखरा, २३ चैत्र ।
पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएसनद्वारा आयोजित कर सम्बन्धी प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रममा पोखराका अटो व्यवसायीहरु सहभागी रहेको अध्यक्ष चन्द्रबहादुर कुँवरले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख केशवकुमार उप्रेतीले इमान्दार भएर कर तिर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो । कर अधिकृत उद्यमराज न्यौपाने, नासु कृष्णहरि गौतम, चार्टर्ड एकाउन्टेन्ट लक्ष्मण अधिकारी, अडिटर पदमबन्धु पोखरेलले कार्यक्रममा करका विषयमा धारणा राख्नुभएको थियो । व्यवसायीले भोग्नुपर्ने कर सम्बन्धी समस्याहरुका विषयका कार्यक्रममा छलफल भएको कार्यक्रम संयोजक तेजेन्द्र पौडेलले जानकारी दिनुभयो ।

Advertisment