दीपक शर्माको “खै त बुझेको ?”

काठमाडौं, १७ चैत्र
चलचित्रका गीतहरुबाट लोकप्रियताको शिखर चुमिरहेका गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीतमा रहेका खै त बुझेको ? बोलको गीत सार्बजनिक भएको छ ।
गायक थमन गुरुङ र निर्मला घिसिङको स्वरमा रेकर्ड भएको रोमान्टिक गीत ‘खैत बुझेको” शीर्षकको गीतको म्युजिक भिडियो ओएस आर डीजीटलबाट सार्वजनिक भएको हो।
छायांकार सरोज अधिकारीको छायांकन तथा निर्देशनमा तयार भएको भिडियोमा मोडल मेलिसा खतिवडा र अनिल अधिकारीको अभिनय रहेको छ भने भीम विश्वकर्माको सम्पादन तथा सञ्जीवरत्न शाक्यले रङ समायोजन गरेका छन् ।
भिडियो हेर्नुस् :

Advertisment