बागलुङ–पोखरा मगर समाजको भित्तेपात्रो विमोचन

पोखरा, १६ चैत्र
बागलुङ–पोखरा मगर समाजद्वारा प्रकाशित नयाँ वर्ष २०७६ सालको भित्तेपात्रो विमोचन गरिएको छ । शनिबार पोखरामा आयोजित कार्यक्रममा समाजका संस्थापक अध्यक्ष दलबहादुर थापामगर, पूर्व अध्यक्ष भीमबहादुर श्रीसमगर र संस्थापक उपाध्यक्ष माया थापामगरले संयुक्त रुपमा विमोचन गर्नुभयो ।
कार्यक्रममा बोल्दै समाजका पूर्व अध्यक्ष श्रीसमगरले समाजले सामाजिक कार्यमा आफ्नो सक्रियतालाई निरन्तरता दिएकोमा खुशी व्यक्त गर्नुभयो । आफ्नो मातृभाषा, धर्म, संस्कृति जोगाउन सचेत हुनुपर्ने आवश्यकता औंल्याउँदै श्रीसमगरले पूर्ण अधिकार प्राप्त नभएसम्म कुनै पनि समुदायले आफूलाई विकास गर्ने अवसर नपाउने भनाइ राख्नुभयो ।
नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरले समाजले गर्दै आएको गतिविधिले समाजलाई स्थापित बनाएको उल्लेख गर्दै रचनात्मक क्रियाकलापमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । आफ्नो जातीय पहिचान संरक्षणसँगै हक, अधिकारका लागि समाजले समन्वयकारी भूमिका खेल्नुपर्ने बताउँदै उहाँले देशको शासन र प्रशासनमा पहुँच बनाउनेतर्फ मगर जाति अग्रसर रहनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
समाजका अध्यक्ष रामबहादुर पुनमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव नरमाया पुनमगर र कोषाध्यक्ष कृष्णा पुनमगरले स्वागत गर्नुभएको थियो ।

Advertisment