मगर महिला संघ, कास्कीको नवौं साधारणसभा सम्पन्न

पोखरा, २४ फागुन
नेपाल मगर महिला संघ, कास्कीको नवौं साधारणसभा सम्पन्न भएको छ । शुक्रबार आयोजित साधारणसभामा बोल्दै नेपाल मगर संघका पूर्व अध्यक्ष एवं केन्द्रीय सल्लाहकार झकबहादुर थापामगरले भाषा, संस्कृति संरक्षणमा मगर महिलाहरूको महत्वपूर्ण भूमिका भएको बताउनुभयो ।


महिलाहरूको सशक्तिकरणमा विशेष जोड दिनुपर्ने बताउँदै उहाँले महिलाहरूले अवसर पाए पुरुषसरह काम गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानामगर, नेपाल मगर महिला संघकी पूर्व अध्यक्ष श्याममाया रानामगर, केन्द्रीय सदस्य फूलकुमारी थापामगर, गण्डकी प्रदेश समितिकी कोषाध्यक्ष तुलसी थापामगरलगायतले मगर महिलाहरूले नेतृत्व विकास गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव ईश्वरी थापामगर र उपाध्यक्ष चन्द्रा थापामगरले स्वागत गर्नुभएको थियो । साधारणसभाले सहसचिव शान्ति सारूमगरद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन र सहकोषाध्यक्ष दुर्गा सारूमगरद्वारा प्रस्तुत कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतिले पारित समेत गरेको छ ।


मगर महिला संघ, पोखरा महानगर अध्यक्षमा ज्योति
यसैबीच, शुक्रबार नै आयोजित नेपाल मगर महिला संघ, पोखरा महानगर समितिको प्रथम अधिवेशनबाट अध्यक्षमा ज्योति थापामगर चयन हुनुभएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा शान्ति थापामगर, सचिवमा उषा रानामगर, सह–सचिवमा होमकला पुनमगर र कोषाध्यक्षमा टीका थापामगर चयन हुनुभएको छ । अधिवेशनले १२ सदस्यीय महानगर समिति चयन गरेको छ ।

Advertisment