तमु प्ये ल्हु संघ, युएईका पदाधिकारीलाई मिलन डी.जी. इन्टरनेशनल प्रालिको स्वागत

पोखरा, २३ फागुन

तमु प्ये ल्हु संघ, संयुक्त अरब इमिरेट्स (युएई)का पदाधिकारीहरुलाई मिलन डी.जी. इन्टरनेशनल प्रालिले स्वागत गरेको छ । बुधबार एक कार्यक्रमका बीच बिदामा नेपाल आएका संघका पदाधिकारीलाई स्वागत गरिएको हो । कार्यक्रममा तमु प्ये ल्हु संघ, युएईका संरक्षक टक लम तमु, उपाध्यक्ष तिलक तमु, महिला विभाग अध्यक्ष दिलमाया क्रोम्छे तमुस्यो, सदस्य दिल च्हम्रु तमु र संगीता प्रु तमुस्योलाई मिलन ट्रष्ट नेपालकी संरक्षक सावित्रीकुमारी गुरुङले फूलमाला र मायाको चिनोसहित स्वागत एवं सम्मान गर्नुभयो । सो अवसरमा बोल्दै तमु प्ये ल्हु संघ, युएईका संरक्षक टक लम तमुले आफूहरुलाई स्वागत गरेकोमा आभार व्यक्त गर्नुभयो । मिलन डी.जी. इन्टरनेशनल प्रालिको पहिलो प्रस्तुती रहेको चलचित्र “भेडी गोठाले”को विशेष प्रदर्शन गर्ने अवसर प्रदान गरेर समाजसेवी एवं सो चलचित्रका कार्यकारी निर्माता दुर्गा गुरुङ “मिलन”ले महत्वपूर्ण टेवा पु¥याएको बताउँदै उहाँले चलचित्रमार्फत् सामाजिक कार्यमा योगदान दिनुहुने कार्यकारी निर्माता गुरुङप्रति धन्यवाद व्यक्त गर्नुभयो । त्यस्तै, तमु प्ये ल्हु संघ, युएईका उपाध्यक्ष तिलक तमुले चलचित्र “भेडी गोठाले”को प्रदर्शन गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै चलचित्रमार्फत् सामाजिक कार्यमा योगदान दिनु उदाहरणीय कार्य भएको जनाउनुभयो । आगामी दिनमा पनि मिलन डी.जी. इन्टरनेशनल प्रालि र समाजसेवी दुर्गा गुरुङ “मिलन”सँग सहकार्य गर्न पाउने अपेक्षा व्यक्त गर्दै उहाँले नेपालमा आउँदा पाएको स्वागत अनि सम्मानले हर्षित भएको उल्लेख गर्नुभयो । कार्यक्रममा फोटो पत्रकार मणि सरब्ज तमु, तमुस्यो रि च्हमी परिवारकी अध्यक्ष गौरी तमुस्यो र मिलन डी.जी. इन्टरनेशनल प्रालिका प्रवक्ता रूद्रबहादुर श्रीसले पनि स्वागत गर्नुभएको थियो । तमु प्ये ल्हु संघ, युएईले यसअघि, मिलन डी.जी. इन्टरनेशनल प्रालिको पहिलो प्रस्तुती चलचित्र “भेडी गोठाले”को क्होंइबो धिं निर्माण सहयोगार्थ युएईमा विशेष प्रदर्शन गरेको थियो । चलचित्रको निर्माण भने समाजसेवी दुर्गा गुरुङ “मिलन”ले गर्नुभएको हो ।

Advertisment