सबै जातजातिको पहिचानको सम्मान हुनुपर्छ ः मुख्यमन्त्री गुरुङ

पोखरा, १५ फागुन
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै जातजातिको पहिचानको सम्मान हुनुपर्ने बताउनुभएको छ । नेपाल मगर संघको ३७ औं स्थापना दिवस एवं मगर दिवसका अवसरमा बुधबार पोखरामा नेपाल मगर संघ, कास्कीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले नेपालका हरेक राजनैतिक परिवर्तनमा आदिवासी जनजाति समुदायको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
निरंकुशताविरुद्ध लोकतन्त्र प्राप्तिको आन्दोलनमा मगर समुदायले पु¥याएको योगदान प्रशंसनीय रहेको भन्दै मुख्यमन्त्री गुरुङले प्रथम शहीद लखन थापादेखि धेरै मगरहरुको बलिदानीले वर्तमान राजनैतिक परिवर्तन सम्भव भएको भनाइ राख्नुभयो । मगरलगायतका आदिवासी जनजाति समुदायको पहिचानको सम्मान गर्न राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले आदिवासी जनजातिका भाषा, संस्कृति र भेषभूषाको संरक्षण पहिलो आवश्यकता भएको धारणा व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई पूर्ण रुपमा सरकारी कामकाजको भाषा बनाउन सकिने धारणा राख्दै मुख्यमन्त्री गुरुङले नेपालीसहित अंग्रेजी भाषालाई समेत माध्यम भाषाका रुपमा विकास गर्न सकिने तर्क गर्नुभयो ।


कार्यक्रममा नेपाल मगर संघका पूर्व अध्यक्ष एवं सल्लाहकार झकबहादुर थापामगर, जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानामगर, नेपाल मगर संघका केन्द्रीय सदस्य खेम पुनमगर, नेपाली कांग्रेस, कास्कीका सभापति कृष्ण केसी, नेकपाका नेता बालकृष्ण काउछामगर, मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रीय सदस्य प्रेमछिरी शेर्पा, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी, नेपाल मगर महिला संघकी केन्द्रीय सदस्य फूलकुमारी थापामगर, नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष धर्म गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा आयोजित सांस्कृतिक नृत्य प्रतियोगितामा प्रथम हुने माटेपानी एकाइ समिति, द्वितीय रामबजार एकाइ समिति, तृतीय नयाँबजार एकाइ समिति र सान्त्वना हेम्जा एकाइ समिति र दीप बगर एकाइ समितिलाई पुरस्कार वितरण गरिएको थियो । त्यसैगरी, झाँकी ¥यालीतर्फ प्रथम हुने सैनिक बस्ती एकाइ समिति, द्वितीय ढुंगेपाटन एकाइ समिति, तृतीय नयाँबजार एकाइ समिति, सान्त्वना रामबजार एकाइ समिति, माटेपानी एकाइ समिति र कालिकानगर एकाइ समिति समेत पुरस्कृत भए । प्रतियोगिताको निर्णायकका रुपमा नेपाल मगर संघ, कास्कीका उपाध्यक्ष मे. प्रेमबहादुर थापामगर, कोषाध्यक्ष कुमार थापामगर र प्रचार विभाग प्रमुख डिलबहादुर श्रीसमगर रहनुभएको थियो ।
कार्यक्रममा ८० वर्षमाथिका ज्येष्ठ नागरिकहरू सन्तबहादुर आलेमगर, खिना थापामगर, लोकबहादुर थापामगर, पम्फा थापामगर, चमेली थापामगर, सिरमाकला थापामगर, शेरबहादुर आलेमगर, गंगासरा आलेमगर, टेकबहादुर थापामगर, इन्द्रकला थापामगर, वीरबहादुर रानामगर, मनबहादुर थापामगर, ज्ञानबहादुर रानामगर, पहलसिंह थापामगर, कौशरी पुनमगर, लगु पुनमगर, वनिका पुनमगर, डिलबहादुर पाइजा पुनमगर, दधिमाया आलेमगर, बालाप्रसाद थापामगरलाई सम्मान गरिएको थियो । त्यस्तै, पूर्व एकाइ अध्यक्षहरू गैरीगाउँ एकाइका पूर्व अध्यक्ष पूर्णबहादुर बरहीमगर र हंसपुर एकाइका पूर्व अध्यक्ष खिमबहादुर थापामगरलाई पनि सम्मान गरिएको थियो ।
सोही अवसरमा सुनाकोठी बुडोकाइडो क्लब प्रतियोगिताबाट दोस्रो स्थान प्राप्त गर्न सफल तल्लो पुँडीटार एकाइ समितिकी खेलाडी रश्मी थापामगर र नेपाल मगर संघ, कास्कीलाई ५० हजार ५ सय रुपैयाँ सहयोग गरी संरक्षक सदस्यता प्राप्त गर्नुहुने नेपाल मगर संघ, कास्कीकी जिल्ला सदस्य बुद्धिमाया थापामगर पनि सम्मानित हुनुभयो ।
नेपाल मगर संघ, कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव यामबहादुर थापामगर र संगठन विभाग प्रमुख कर्णबहादुर थापामगरले स्वागत गर्नुभएको थियो । यसअघि, सांस्कृतिक झाँकीसहितको ¥याली पोखरा सभागृहबाट सुरु भइ नयाँसडक, वीपीचोक, चिप्लेढुंगा, भीमसेनचोक, महेन्द्रपुल, नयाँबजार, लखनचोक हुँदै नेपाल मगर संघ, कास्कीको सभाहलमा पुगी कार्यक्रममा परिणत भएको थियो ।

Advertisment