एकता सहकारीको आयोजनामा दुई दिने अगरबत्ती बनाउने तालिम सुरु

पोखरा, १४ फागुन
पोखरा महानगरपालिका वडा नं. १४, चाउथेस्थित एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महिला उपसमितिको आयोजनामा दुई दिने अगरबत्ती बनाउने तालिम सुरु भएको छ ।
एकता सहकारीको वार्षिक कार्यक्रम अन्तर्गत शेयर सदस्य महिलाहरूलाई उद्यमी र आत्मनिर्भर बनाउँदै आर्थिक क्रान्तिमा अग्रसर बनाउन आयोजना गरिएको तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सांसद् मित्रकुमारी गुरुङले सानै लगानीमा पनि महिलाहरूलाई आत्मनिर्भर बनाउन यस तालिमले टेवा पु¥याउने धारणा राख्नुभयो । तालिमको आयोजना गरेर एकता सहकारीले नमुना कार्य गरेको उहाँको भनाइ थियो ।
पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य यशोदा भट्टराईले यस्ता तालिमले महिलाहरूको उद्यमशीलता विकासमा टेवा पुग्ने र महिलाहरूको आत्मनिर्भरता बढ्ने उल्लेख गर्नुभयो । एकता सहकारीका अध्यक्ष बालकृष्ण काउछामगरले महिला शेयर सदस्यहरूलाई उद्यमशील बनाउँदै सामाजिक कार्यमा अग्रसर बनाउन सहकारीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महिला उपसमितिकी संयोजक रितु खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तारामाया थापामगर र संगीता पराजुलीले स्वागत गर्नुभएको थियो ।

Advertisment