मौलिक गीतका सर्जक लालबहादुर पुनको ‘पुख्र्यौली यानीमाया’

पोखरा, १३ फागुन
मौलिक गीतका सर्जक लालबहादुर पुनले धौलागिरि क्षेत्रमा प्रचलित मौलिक गीत “पुख्र्यौली यानीमाया” बजारमा ल्याएका छन् । धौलागिरि क्षेत्रका खासगरी, बागलुङ, म्याग्दीमा निकै गाइने गरेको यानीमाया गीत पछिल्लो समयमा रेकर्ड भएर बजारमा आउने क्रम बढेको छ ।
झण्डै लोपोन्मुख अवस्थामा पुगेको मौलिक गीत यानीमाया सर्जक लालबहादुरले म्यूजिक भिडियोको निर्माण समेत गरेर युट्युबमार्फत् सार्वजनिक गरेका छन् । यानीमाया गीतमा अहिलेका चर्चित लोक तथा दोहोरी गायक कुमार पुन र गायिका कृष्णा परियारले स्वर दिएका छन् ।
मौलिक स्वरका धनी मानिने गायक कुमारले यसअघि, पनि यानीमाया गीतमा स्वर दिइसकेका छन् । यानीमाया गीतलाई पनि पछिल्लो समय नयाँ पुस्ताले औधी मन पराउन थालेका छन् । स्थाई डिजिटलमा रेकर्ड गरिएको गीतको म्यूजिक भिडियोको निर्देशन भने पुष्कर विवेक थापाले गरेका हुन् । त्यस्तै, म्यूजिक भिडियोमा नरेश चैसिरको छायांकन, शंकरसिंह चैसिरको सम्पादन रहेको छ भने दृश्य निर्माण फोर्स मिडिया प्रालिले गरेको हो ।
पूरा म्यूजिक भिडियो हेर्नका लागि लिंक ः

https://www.youtube.com/watch?v=_WPJYuA4gN0

Advertisment