स्याङ्जाको हरिनास गाउँपालिकामा ३७ औं मगर दिवस मनाइने

रोदीखोला (स्याङ्जा), १३ फागुन
स्याङ्जाको हरिनास गाउँपालिका–४, चित्रेभञ्ज्याङ, रोदीखोलामा नेपाल मगर संघको ३७ औं स्थापना दिवस तथा मगर दिवस मनाइने भएको छ । नेपाल मगर संघ, हरिनास गाउँपालिकाको आयोजनामा गाउँपालिकास्तरीय रुपमा मगर दिवस यही फागुन १५ गते मनाउन लागिएको अध्यक्ष रेवती थापाले जानकारी दिनुभयो ।
रोदीखोलामा हुने मगर दिवस विशेष कार्यक्रमलाई नेपाल मगर संघका पूर्व महासचिव एवं मगर भाषाका वरिष्ठ साहित्यकार लोकबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष थापाले बताउनुभयो । सो अवसरमा मगर जातिको मौलिक संस्कृतिसहितको विशेष झाँकीसमेत प्रस्तुत गरिने भएको छ । त्यसैगरी, कार्यक्रममा मगर जातिमा प्रचलित विभिन्न सांस्कृतिक नृत्यसहित विभिन्न कलाकारहरुको प्रस्तुती समेत रहने थापाले जानकारी दिनुभयो ।

Advertisment