गायिका देशुले बेलायतबासीलाई नचाइन्

लण्डन, ११ फागुन
चर्चित गायिका देशु गोलेले युकेमा आयोजित सांस्कृतिक कार्यक्रममा बेजोड प्रस्तुति दिएकी छिन् । २८५५ आंै फो ल्हो सोनाम ल्होछारको अवसरमा तामाङ समाज युकेले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा गायिका गोलेले लेकैमा चर्ने लेकाली भेडी, माथि माथि सैलुङ्गेमा र फापर बारीमा बोलको गीत प्रस्तुत गरि भरपुर मनोरञ्जन दिएकी थिइन् । साथै दर्शकहरू पनि उत्तिकै उत्साहित रहेका थिए ।
विदेशी भूमिमा बसेर पनि नेपाली भाषा, संस्कृतिलाई बिर्सन नसक्ने गायिका गोलेले नेपाली सांगीतिक क्षेत्रमा दर्जनांै गीतहरू श्रोतामाझ ल्याइसकेकी छिन । उनको लोक प्रिय गीतहरुमा “लेकैमा चर्ने लेकाली भेडी”, “तिमीसँग बोल्दैमा, कहिले तिमी मेरो मनको राजा” जस्ता बोलको गीतहरू रहेका छन् ।


उनले सोनाम ल्होछारको अवसरमा एक अर्काबीच माया, सत्भाव र साथै सबैलाई नयाँ वर्षको शुभकामना दिएकी छिन् । नेपाल र नेपालीको धर्म, संस्कृतिलाई विश्वसामु पु¥याउँदै देशको पहिचान स्थापित गराउनु सोनाम ल्होछार पर्व महत्वपूर्ण रहेको बताएकी छिन् । विश्वका सम्पूर्ण तामाङ समुदायमात्र नभई विश्वभर फैलिएर रहेका आम नेपाली समुदायहरू एक ढिक्का भइ अघि बढेमा अन्य मुलुकका नागरिकको ध्यान केन्द्रित हुने देखिएको उनको भनाइ रहेको छ ।

Advertisment