माछापुच्छ«े क्षेत्रको समृद्धिका लागि प्रतिबद्ध छौं ः अध्यक्ष गुरुङ

घाचोक (कास्की), ९ फागुन
कास्कीको माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले माछापुच्छ«े क्षेत्रको समृद्धिका लागि आफूहरू प्रतिबद्ध रहेको बताउनुभएको छ । माछापुच्छ«े गाउँपालिका–१, घाचोकमा रहेको माछापुच्छ«े सामुदायिक अर्गानिक होम स्टे व्यवस्थापन समितिले आयोजना गरेको “माछापुच्छ«े गाउँपालिकाको समृद्धि, सञ्चारमाध्यम र आदिवासी जनजाति” विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष गुरुङले माछापुच्छ«े गाउँपालिका जैविक विविधता र प्राकृतिक स्रोतसाधनले अत्यन्त धनी रहेको बताउनुभयो ।
माछापुच्छ«े क्षेत्र प्राकृतिक हिसाबले मात्र नभइ सांस्कृतिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण रहेको भन्दै अध्यक्ष गुरुङले पर्यटन विकासका माध्यमबाट समृद्धि हासिल गर्न सकिने प्रशस्त सम्भावना रहेको बताउनुभयो । आदिवासी जनजाति समुदायको भाषा, संस्कृतिको विकासका लागि गाउँपालिकाले आवश्यक नीति बनाउन तयार रहेको भन्दै उहाँले स्थानीय जनताको जीवनस्तर उकास्न विभिन्न खालका योजना बनाइएको उल्लेख गर्नुभयो ।


कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष डण्ड गुरुङले माछापुच्छ«े हिमालको आरोहण खुला गरिनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, माछापुच्छ«े गाउँपालिका वडा नं. ७, धम्पुसका वडाध्यक्ष सम गुरुङले स्थानीय जनप्रतिनिधि र सञ्चारमाध्यमबीच आवश्यक सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।
माछापुच्छ«े सामुदायिक अर्गानिक होम स्टे व्यवस्थापन समितिका अध्यक्ष आशकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का गण्डकी प्रदेश इञ्चार्ज हुमबहादुर गुरुङ र स्थानीयबासी एवं गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान)का अध्यक्ष गिरीप्रसाद गुरुङले स्वागत गर्नुभएको थियो ।

Advertisment