लाफा ग्रुपकी अध्यक्ष आलेलाई मातृशोक

दुलेगौंडा, ५ फागुन
लाफा गु्रप लिमिटेडकी अध्यक्ष चन्द्रज्योति आलेलाई मातृशोक परेको छ । नेपाल मगर संघकी केन्द्रीय सदस्य एवं मगर संघ हङकङकी निवर्तमान अध्यक्ष तथा सल्लाहकार आलेकी आमा इन्द्रकुमारी आलेको ७९ वर्षको उमेरमा आइतबार निधन भएको हो ।
लामो समयदेखि थलिनुभएका स्व. आले केही समयदेखि घरमै अक्सिजनको सहारामा उपचार गराइरहनुभएको थियो । निधन हुनु केही समयअघि मात्र उहाँ पोखराको चरक मेमोरियल अस्पतालमा उपचारपछि डिस्चार्ज हुनुभएको थियो । स्व. आलेको मगर परम्परा अनुसार अन्त्येष्टि गरिएको थियो ।

Advertisment