समाजसेवी गुरुङद्वारा तमु प्ये ल्हु संघ बेलायतलाई सहयोग रकम हस्तान्तरण

पोखरा, ५ फागुन
समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले तमु प्ये ल्हु संघ, बेलायतलाई क्होंइबो धिं एवं बहुउद्देश्यीय सामुदायिक भवन निर्माण सहयोगार्थ ७५ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गर्नुभएको छ । आइतबार आयोजित एक कार्यक्रमका बीच तमु प्ये ल्हु संघ, बेलायतका अध्यक्ष मेजर खुशीमान गुरुङलाई सो रकम हस्तान्तरण गरिएको हो ।


समाजसेवी गुरुङले आफूले निर्माण गरेको चलचित्र ‘भेडी गोठाले’को तमु प्ये ल्हु संघ, बेलायतले बेलायतमा विशेष प्रदर्शन गर्दा भएको आम्दानी १ हजार ५ सय पाउण्ड रकम सहयोग गरिसक्नुभएको छ । उहाँले घोषणा गर्नुभएको २ हजार पाउण्ड सहयोगमध्ये बाँकी ५ सय पाउण्ड अर्थात् ७५ हजार नेपाली रुपैयाँ सहयोग रकम आइतबार हस्तान्तरण गर्नुभएको हो । सो रकम उहाँकी आमा एवं मिलन ट्रष्ट नेपालकी संरक्षक सावित्रीकुमारी गुरुङले हस्तान्तरण गर्नुभएको हो ।
त्यस्तै, सोही अवसरमा तमु प्ये ल्हु संघ, बेलायतका अध्यक्ष मेजर खुशीमान गुरुङलाई चलचित्र ‘भेडी गोठाले’को बेलायतमा प्रदर्शन गरी महŒवपूर्ण सहयोग गरेको भन्दै चलचित्रको निर्माण कम्पनी मिलन डी.जी. इन्टरनेशनल प्रालिका तर्फबाट कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा अध्यक्ष मेजर गुरुङलाई तमुस्यो रि च्हमी परिवारले समेत माछापुच्छ«े गाउँपालिका–७, धम्पुस, कास्कीलाई बेलायतको वेल्स राज्यस्थित ब्रेकन शहरसित मितेरी साइनो गाँस्न उल्लेखनीय भूमिका खेलेकोमा माछापुच्छ«े गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेकोमा बधाईसहित प्रशंसापत्र समेत प्रदान गरेको थियो ।


सो अवसरमा बोल्दै अध्यक्ष मेजर गुरुङले आफूहरू विदेशमा बसेपनि आफ्नो जन्मथलोलाई सधैं माया गरिरहने बताउनुभयो । आफूलाई सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि सधैं साथ र सहयोग गरिरहने कुरामा जोड दिनुभयो । कार्यक्रममा बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्स साप्ताहिकका लागि समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले सहयोगस्वरुप १५ हजार रुपैयाँ समेत अध्यक्ष मेजर गुरुङलाई हस्तान्तरण गरिएको थियो ।
मिलन ट्रष्ट नेपालकी संरक्षक सावित्रीकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा ओम फाउण्डेशन नेपालकी अध्यक्ष दिलु गुरुङ, महिला उद्यमी संघ नेपाल, कास्कीकी अध्यक्ष काशी गुरुङ, तमुस्यो रि च्हमी परिवारकी अध्यक्ष गौरी गुरुङ, तमु प्ये ल्हु संघ, कास्कीकी सचिव विष्णु गुरुङ, मिलन फाउण्डेशन नेपालका प्रचार संयोजक मणि गुरुङ, मिलन डी.जी. इन्टरनेशनल प्रालिका प्रवक्ता रूद्रबहादुर श्रीसलगायतले शुभकामना दिनुभएको थियो ।

Advertisment