समाजसेवी दुर्गा गुरुङ ‘मिलन’लाई तमु प्ये ल्हु संघ, बेलायतको सम्मान

पोखरा, १३ माघ
तमु प्ये ल्हु संघ, बेलायतले समाजसेवी दुर्गा गुरुङ ‘मिलन’लाई सम्मान गरेको छ । तमु प्ये ल्हु संघ, बेलायतले निर्माण गर्न लागेको सामुदायिक भवन तथा क्होंइबो धिं निर्माण सहयोगार्थ समाजसेवी गुरुङले निर्माण गरेको चलचित्र “भेडी गोठाले”को बेलायतमा प्रदर्शनमार्फत् संकलित रकमसहित २ हजार पाउण्ड सहयोग गरेको भन्दै सम्मान गरिएको हो ।
समाजसेवी गुरुङले चलचित्र प्रदर्शनमार्फत् संकलित १ हजार ५ सय पाउण्ड र व्यक्तिगत ५ सय पाउण्ड गरी २ हजार पाउण्ड तमु प्ये ल्हु संघ, बेलायतलाई सहयोग गर्नुभएको हो । हाल हङकङमा रहनुभएका समाजसेवी गुरुङलाई सम्मान गरिएको सम्मानपत्र शनिबार पोखरामा उहाँकी आमा एवं मिलन ट्रष्ट नेपालकी संरक्षक सावित्रीकुमारी गुरुङलाई हस्तान्तरण गरिएको छ । तमु प्ये ल्हु संघ, बेलायतका अध्यक्ष खुशीमान गुरुङले सो सम्मानपत्र हस्तान्तरण गर्नुभएको हो ।


सम्मानपत्र हस्तान्तरण गर्दै अध्यक्ष गुरुङले समाजसेवी दुर्गा गुरुङ “मिलन”ले सामाजिक क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । तमु प्ये ल्हु संघ, बेलायतलाई ठूलो गुन लगाएको भन्दै अध्यक्ष गुरुङले समाजसेवी गुरुङलाई सम्मान गर्न पाउँदा निकै खुशी लागेको बताउनुभयो । सो अवसरमा बेलायतका फोटो पत्रकार मिलन गुरुङ समेत सहभागी हुनुहुन्थ्यो ।

Advertisment