फेवा आइडलको तयारी पूरा, ग्राण्ड फिनाले प्रदर्शनी केन्द्रमा

पोखरा, ८ माघ
फेवा टेलिभिजनद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय सामूहिक लोक सांस्कृतिक नृत्य प्रतियोगीता “फेवा आइडल–२०७५” को अन्तिम प्रतिष्पर्धा ग्राण्ड फिनालेको अन्तिम तयारी पूरा भएको छ । विहीबार र शुक्रबार पोखरा–९, नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने उक्त प्रतिष्पर्धामा १४ वटा विभिन्न समुहहरुले आ–आफ्नो प्रस्तुती राख्ने छन् ।
नेपाल सरकारले अघि सारेको “सुखी नेपाली, समृद्ध नेपाल”को नारालाई सार्थक पार्न गण्डकी प्रदेशमा लुकेर रहेका संस्कृतिको संरक्षण र संवद्र्धनका साथै पर्यटन प्रवद्र्धनका लागि उक्त प्रतियोगिताको आयोजना गरिएको टेलिभिजनका प्रबन्ध निर्देशक लिलबहादुर जिसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुबाट कला र सांस्कृतिक नृत्य सहित विभिन्न जातजाति, भाषा–भाषी र भेषभूषाको पहिचान सहित २ सय भन्दा बढी टिमहरुले सहभागिता जनाएका थिए ।
प्रतियोगीताको अन्तिम प्रतिष्पर्धामा अहिले लालीगुराँस पुन मगर समाज लामाचौर, घाँसीकुवा कौरा समुह तनहुँ, पोचोको तमु समाज कास्की, सिम्ले जामुने समुह लम्जुङ, नवयुवा क्लब सिरुवारी स्याङ्जा, नेवाः समाज छाङछाङदी स्याङ्जा र झिं सिर्जनशील नेवाः समाज तनहुँ रहेका छन् ।
यस्तै सल्यान खन्डाँडा टाउ घडेरी तमु समाज स्याङ्जा, धर्माेदय दशावतार बालन समूह रामपुर पाल्पा, अमलटारी मध्यवर्ती सामुदायिक होम स्टे नवलपुर, पुन मगर समाज ढुङ्गेपाटन कास्की, ज्यामीरे आमा बाबा समुह स्याङजा, पार्वतिगुफा हरी कीर्तन समूह पर्वत र रामबजार पुन समाज कास्की अन्तिम प्रतिष्पर्धामा छन् ।
प्रतियोगीतामा पहिलो हुनेले नगद ३ लाख ५० हजार रुपैयाँ साथमा ट्रफि, द्वितीय हुनेले नगद २ लाख, तृतीय हुनेले नगद १ लाख ५० हजार र सान्त्वना हुनेले नगद १ लाख रुपैयाँ पुरस्कार पाउने प्रबन्ध निर्देशक जिसीले जानकारी दिनुभयो । प्रतियोगीताका बाँकी १० समूहलाई नगद ३०÷३० हजार रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान गरिने छ ।
गण्डकी प्रदेशमा बसोबास गर्ने विभिन्न जातजाती, भाषा भाषी, सांस्कृतिक पहिचानसहित स्थानीयस्तरमा रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा समेत उक्त प्रतियोगीताले टेवा पु¥याउने जिसीले विश्वास लिनुभएको छ ।
जिसीले उक्त प्रतियोगीता नेपालमै पहिलो पटक आयोजना गरिएको दावी समेत गर्नुभयो । प्रतियोगीता सम्पन्न गर्न नगद ४६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगीताको अन्तिम प्रतिष्पर्धा अगाडी विहिबार सांस्कृतिक पहिचान झल्कने बृहत ¥याली गरिने कार्यक्रम संयोजक सुजन बरालले जानकारी दिनुभयो ।

Advertisment