होटल उद्घाटनलाई जोडेर सम्माननीय पदलाई हिलो छ्याप्ने काम गर्नु हुदैन : मन्त्री गुरुङ

पोखरा ३ माघ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा अर्थ मन्त्री किरण गुरुङले होटल उद्घाटनको विषयलाई जोडेर सम्माननीय उपराष्ट्रपति जस्तो सम्मानीत पदलाई हिलो छ्याप्ने गरी समाचार माध्यामबाट समाचार प्रसारण गर्नु गलत भएको वताएका छन । आफुहरु जनताको मान्छे भएकाले जनताले गरेको ब्यवशायको प्रवद्र्धन र संरक्षणका लागी जुनसुकै ठाउमा पनि जानुपर्ने भएकाले आफुहरुलाई कसले के स्वीकृती लिएको छ वा छैन भन्ने कुरा थाहा नहुने र यसलाई विषय बस्तु बनाएर अगाडी वढ्दा नकारात्मक सन्देश जाने वताए ।

पोखराको उत्तमचोकमा भर्खरै सञ्चालनमा आएको होटल टास्कको उद्घाटनको विषयलाई लिएर महानगरले बहिस्कार भनेर उम्किने र सञ्चार माध्यामहरुले सम्माननीय पदलाई हिलो छ्याप्ने गरी प्रस्तुत हुदा गलत सन्देश प्रवाह हुने गुरुङको भनाइ रहेको छ । पर्यटन प्रवद्र्धनका लागी प्रदेश सरकार अगाडी वढिरहदा यस्ता बदनीयन पूर्व ढंगले सञ्चार माध्यामहरु अगाडी वढ्न नहुने वताउदै मन्त्री गुरुङले महानगरले प्रदेशका मन्त्रीहरुलाई बहिस्कार भन्दापनि प्रदेश भित्र कहा जान हुने वा नहुने कसले स्वीकृत लिए नलिए भन्ने वारेमा प्रस्ट जानकारी दिन समेत आग्रह गरेका छन ।

पोखरा महानगरपालिकाका प्रवक्ता धन बहादुर नेपालीले उपराष्ट्रपतिद्धारा होटल टास्कको उद्घाटन महानगरले बहिस्कार नगरेको वताएका छन । बुधवार पोखराको अमरसिंह चौकमा भर्खरै सञ्चालनमा आएको होटल टास्कको उद्घाटन उपराष्ट्रपति पुन र गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङले संयुक्त रुपमा होटलको उद्घाटन गरेपछि केही अनलाइन र छापा माध्याममा आएको समाचारमा उल्लेख गरिए अनुसार महानगरले बहिस्कार नगरेको महानगरका प्रवक्ता नेपालीले वताए ।

नेपालीले सम्माननीय जस्तो ब्याक्ति मापदण्डको प्रकृृयामा रहेको होटलको उद्घाटन गर्नु अवैधानिक जस्तो हुने भएकाले आफुहरुको उपस्थिती नरहेको समेत वताए । मापदण्डको प्रकृयामा रहदा रहदै पूर्ण रुपमा मापदण्ड कायमको कुरा महानगरले प्रस्ट पारि नसक्दा उक्त कार्य अवैधानिक जस्तो हुने भएकाले पनि उद्घाटनमा सम्माननीय र माननीयहरु सहभागी नभएको भए राम्रो हुने उनको भनाइ रहेको थियो ।

यता होटल सञ्चालक मीन गुरुङले आफुले कुनैपनि मापदण्ड नमिचेको वताएका छन । मापदण्डको कुरामा २०७२ अगाडीको मापदण्ड अनुसार दाया बाया ३ फिट, पछाडि ५ फिट र अगाडी १३ फीट छोडेर भवन निर्माण गरेको र उचाइ भुइतला सहित साढे ४ तलाको भवनको निर्माण सम्पन्न कागज पत्र महानगरबाट लिइ केही तला वढाउनका लागी महानगरबाट प्रकृया अगाडी वढाउने तयारी सहित होटल सञ्चालनमा ल्याएको र उद्घाटन गरिएको गुरुङले वताए । मापदण्डलाई लिएर सम्माननीय उपराष्ट्रपतिको उचाइमा आंच आउने गरी समाचार प्रकाशन हुनु अति निन्दनीय काम भएको समेत सञ्चालक गुरुङले वताए ।

Advertisment