सुकुम्बासी परिवार र सडक बालबालिकालाई स्नातक विद्यार्थीद्वारा ज्याकेट वितरण

पोखरा, १ माघ
सेन्ट जेभियर्स कलेज माइतीघर काठमाडौका सामाजिक कार्य विभाग अन्तर्गत स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले पोखराको याम्दीस्थित सुकुम्बासी बस्तीका ३५ परिवार र पोखराका करिब १५ सडक बालबालिकालाई ज्याकेट वितरण गरेका छन् ।


उनीहरुले जाडोमा गरिब र विशेष गरेर सडक बालबालिकाहरुलाई न्यानो कपडाहरु वितरण गरेका हुन् । यसैगरी, पोष २३ गते चितवनमा चेपाङ बस्तीका करिब पचास परिवारमा ब्लाङकेट, ज्याकेट र अन्य न्यायो कपडाहरु वितरण गरेका थिए । जाडोमा सडक बालबालिकाको लागि न्यायो कपडा वितरण गर्ने उनीहरुले विभिन्न कार्यक्रमहरु गरी अर्थ संकलन गरेका थिए । संकलित रकमबाट उनीहरुले यसरी काठमाडांै, चितवन र पोखरामा जाडोका कपडा वितरण गरेका हुन् । यस्ता कार्यक्रम उक्त कलेजका विद्यार्थीहरुको अग्रसरतामा वर्षेनी आयोजना हुदै आएको छ यस वर्ष यो चौथो पटक हो । बढ्दै गएको जाडोले गर्दा गरिबहरुलाई यो मौसम अत्यन्त कष्टदायी हुने र कतिपयको मृत्यु समेत हुने गरेको कारण उनीहरुलाई न्यायो कपडा वितरण गरी जीवन केही हदसम्म सहज गराउन मदत गर्ने संयोजक पोखरेलले बताउनुभयो ।

Advertisment