मगर संघ कास्कीका जिल्ला सदस्य काउछाको निधन

पोखरा, ३० पुस
ब्रेन ट्युमर भइ मणिपाल शिक्षण अस्पताल, पोखराको स्नायु सघन उपचार कक्षमा उपचाररत नेपाल मगर संघ, कास्कीका जिल्ला सदस्य नारायण काउछामगरको ४५ वर्षको अल्पायुमै निधन भएको छ ।
गुल्मी जिल्ला घर भइ हाल ः कास्कीको पोखरा महानगरपालिका, लेखनाथ, बुढीबजारनिवासी काउछामगर केही समय अगाडि सडक दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको थियो । सडक दुर्घटनामा परी गम्भीर घाइते भइ लामो समय उपचाररत रहनुभएका काउछामगर अहिले फेरि बायाँ मस्तिष्कमा मासु पलाएपछि मणिपाल शिक्षण अस्पतालको स्नायु सघन उपचार कक्ष (न्यूरो आईसीयू)मा उपचाररत हुनुहुन्थ्यो ।
परिवारको आर्थिक अवस्था अत्यन्त नाजुक रहेकाले थप उपचारमा समस्या भएको थियो । ब्रेन ट्युमरसँगै मधुमेह तथा उच्च रक्तचापबाट समेत पीडित मगर अगुवा स्व. काउछा कास्कीमा क्रियाशील एक युवा सामाजिक अभियन्ता हुनुहुन्थ्यो । नेपाल मगर संघ, कास्कीका सचिव यामबहादुर थापामगरले काउछामगरलाई बचाउने प्रयास गर्दागर्दै पनि बचाउन नसकिएको प्रतिक्रिया दिनुभयो । काउछाको निधनले कास्कीको सामाजिक आन्दोलनमा अपूरणीय क्षति पुगेको सचिव थापामगरले बताउनुभयो ।

Advertisment