मगर भाषा प्रतिष्ठान, कास्कीको तेस्रो साधारणसभा आगामी माघ १२ गते

पोखरा, २५ पुस
मगर भाषा प्रतिष्ठान, कास्की शाखाको तेस्रो साधारणसभा आगामी माघ १२ गते हुने भएको छ । प्रतिष्ठान, कास्की शाखाको बुधबार सम्पन्न कार्यसमिति बैठकले सो निर्णय गरेको हो ।
बैठकले साधारणसभामा प्रस्तुत गरिने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन तयार गर्नका लागि क्रमशः सचिव रूद्रबहादुर श्रीसमगर र कोषाध्यक्ष मीना थापामगरलाई जिम्मेवारी दिएको छ । साधारणसभाले प्रतिवेदनमाथि छलफलसहित पारित गर्नुका साथै, आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने अध्यक्ष रूद्रबहादुर हितानमगरले जानकारी दिनुभयो ।

Advertisment