फेवा टेलिभिजनका स्टेशन म्यानेजर अधिकारीमाथिको दुव्र्यवहारप्रति प्रेस संगठनको भ्रत्र्सना

380

पोखरा, २४ पुस
फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारी र क्यामेरा पर्सन समिर सुनार माथि भएको दुव्र्यवहार र हातपातप्रति प्रेस संगठन नेपाल कास्की शाखाले भत्र्सना गरेको छ ।
चरक मेमोरियल अस्पतालमा भएको विवादका बारे समाचार संकलनका लागि गएका पत्रकारद्धयलाई अस्पतालका निर्वतमान कार्यकारी अध्यक्ष तथा प्राध्यापक डा. बद्री पौडेलले हातपात र दुव्र्यवहार गरेको तथा क्यामेरा तोडफोड गर्ने प्रयास गरेकाले दोषीलाई कारवाहीको माग गरिएको छ ।
प्रेस संगठनका कास्कीका नेताद्वय माधव बराल र सन्देश श्रेष्ठले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पत्रकारमाथि भएको अभद्र व्यवहार सह्य नभएको र प्रशासनले दोषीलाई कानुन अनुसार कारवाही गरि निर्भिकताका साथ समाचार संकलन गर्ने वातावरण बनाउन विज्ञप्तीमा माग गरिएको छ ।