गोठालो गर्दै आएकी आमा देवुलाई सहयोग आउने क्रम जारी

पोखरा, २३ पुस
पोखरा–१३ स्थित डिही गाउँमा अपाङ्गता भएका दुई छोरा पाल्दै आएकी आमा देवु नेपालीको सपना पूरा गर्न यतिबेला देश तथा विदेशबाट सहयोग आउने क्रम जारी छ ।
आमा देवुले अपाङ्ग दुई छोराहरु शिव र चेतवहादुरलाई अरुको घरमा बाख्रा गोठालो गर्दै खर्चको जोहो गरेर पालन पोषण गर्दै आएकी छिन् । जन्मदेखि नै अपाङ्ग भएका उनीहरुको बारेमा फेवा टेलिभिजनबाट हरेक हप्ताको सोमबार साँझ ७ बजे प्रसारण हुँदै आइरहको कार्यक्रम “हामीलाई भन्नु छ”मार्फत् प्रसारण गरिएको थियो ।
उक्त कार्यक्रम हेरेपछि देश तथा विदेशमा रहेका सहयोगी मनहरुबाट अहिलेसम्म १ लाख ४८ हजार रुपैयाँ प्राप्त भएको छ । लायन्स क्लव अफ पोखरा लामाचौर–१९ बाट नगद ५० हजार रुपैयाँ प्राप्त भएको छ । त्यस्तै उनिहरुलाई शिवसतासी–११, झापा निवासी योगेश सेञ्चुरीबाट ३ हजार, एकराज भट्टराई, खोटाङ (हालः दक्षिण कोरिया) बाट १० हजार, लमजुङ घर भै हाल दक्षिण कोरियामा रहेकी शोभा दुरावाट १० हजार र धादिङ घर भै हाल काठमाडौँमा वस्ने सान्नानी लम्साल कोइरालाबाट ५ हजार सहयोग प्राप्त भएको छ ।
त्यसैगरी, लाल सुच्चा राई, इटहरी, हाल ः युकेबाट १० हजार, बसपार्क मिलिजुलि अटो एशोसिएसन र अध्यक्ष टेकवहादुर जिसी, वरिष्ठ उपाध्यक्ष नारायण रुवाली र महासचिव शिव सापकोटाकोे पहलमा १५ हजार, खड्गप्रसाद गजमेर, शनिश्चरे, मोरङ (हाल ः अमेरिका)बाट १० हजार, छोरेपाटन निवासी अमृता गुरुङवाट ५ हजार, कटारी नगरपालिका उदयपुर, हालः काठमाडौंनिवासी बिजेन मगरबाट ४ हजार ९ सय रुपैयाँ, अनिल पुन, चन्द्रकोट गाउँपालिका–६, गुल्मी, हालः जापान २० हजार, बलबहादुर कार्की, पोखरा–११, फूलबारी ५ हजार १ सय रुपैयाँ सहयोग प्राप्त भएको छ ।
कार्यक्रम “हामीलाई भन्नु छ”का सञ्चालक एवं फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारीले सहयोगी मनहरुलाई धन्यवाद दिँदै अरुको वाख्रा गोठालो गरेर आएको रकमले गुजारा चलाउँदै आएकी आमाको आफ्नै बाख्रा पालेर साहुको ऋण तिर्ने सपना रहेको र उक्त सपना पूरा गर्न देश तथा विदेशमा रहनुभएका सहयोगी मनहरुले सहयोग जुटाउनुभएकोमा धन्यवाद दिनुभयो । यसैबीच, देश तथा विदेशबाट देवु आमाका लागि सहयोग रकम आउने क्रम जारी छ ।

Advertisment