समाजसेवाको पर्याय ः दुर्गा गुरुङ ‘मिलन’

पोखरा, ५ पुस
समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ नेपालमा छुट्टी मनाउन आउने क्रममा गत नोभेम्बर ४ तारिखमा आफ्नो गृहनगर पोखरा आइपुग्नुभयो । आफ्नी आमा सावित्रीकुमारी गुरुङलाई सँगै लिएर हङकङबाट नेपाल आउनुभएका समाजसेवी गुरुङको नोभेम्बर १७ तारिखमा फर्कने कार्यतालिका थियो ।
प्रायः लाहुरेको जस्तो दिनचर्या भने उहाँको रहेन । वैदेशिक रोजगारीमा रहेका अरु नेपालीहरूले जस्तो नेपालमा छुट्टीमा आउँदा आफ्नो घरपरिवार र साथीभाइसँग रमाइलोमा बिताउने अवसर पनि उहाँलाई मिलेन । नेपाल आउनु अघिदेखि नै कार्यक्रमको व्यस्त तालिका बनाउनुभएका गुरुङले सामाजिक कार्यमा आफूलाई समर्पित गर्नुभयो ।
मिलन फाउण्डेशन नेपालको स्थापना गरेर विगत एक दशकदेखि सामाजिक सेवामा सक्रिय रहनुभएका समाजसेवी गुरुङले नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा समेत समाजसेवालाई प्राथमिकता दिनुभयो । पाल्पादेखि पर्वतसम्म आफ्नो सामाजिक कार्यमा सहभागी हुँदै नेपालमा आफ्नो छुट्टी सकेर कार्यक्षेत्र हङकङ फर्कनुभयो ।


चलचित्र “भेडी गोठाले”का अवार्ड बिजेता नायकलाई सम्मान
समाजसेवी गुरुङ आफूले निर्माण गरेको गुरुङ संस्कृतिमा आधारित चलचित्र “भेडी गोठाले”ले संयुक्त राज्य अमेरिकामा आयोजित चलचित्र महोत्सवमा उत्कृष्ट नायक र उत्कृष्ट दर्शक अवार्ड जित्न सफल भएको थियो । मिलन डी.जी. इन्टरनेशनल प्रालिका अध्यक्ष समेत रहनुभएका समाजसेवी गुरुङले अवार्ड बिजेता नायक राजेश गुरुङसहित चलचित्रका सहनिर्देशक एवं कलाकारहरुलाई पनि सम्मान गर्नुभयो ।


शारदा आधारभूत विद्यालय, मुडीकुवालाई न्यानो कपडा वितरण
पर्वतको फलेबास नगरपालिका–४, मुडीकुवास्थित शारदा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा स्वीटर, मोजा, टोपी, ट्राउजर वितरणमा समाजसेवी गुरुङ सहभागी हुनुभयो । गुरुङले आफ्नै खर्चमा सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्नुभएको हो ।
पाल्पाको महेन्द्र आधारभूत विद्यालयमा न्यानो कपडा वितरण, मिलन पुस्तकालयमा १ लाखको अक्षयकोष
समाजसेवी गुरुङले पाल्पाको रम्भा गाउँपालिका–२, फोक्सिङकोट, सुरुमडाँडास्थित महेन्द्र आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी एवं अध्यापनरत शिक्षक, शिक्षिकालाई समेत न्यानो कपडा स्वीटर, टोपीलगायतका कपडा वितरण गर्नुभयो । समाजसेवी गुरुङसहित सो कार्यक्रममा मिलन फाउण्डेशन नेपालका पदाधिकारी समेत सहभागी थिए । यसैगरी, उहाँले सो विद्यालयमा स्थापना गर्नुभएको मिलन पुस्तकालयका लागि १ लाख रुपैयाँको अक्षयकोष समेत स्थापना गर्नुभएको छ ।


बाजुङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण
त्यस्तै, समाजसेवी गुरुङले पर्वतको मोदी गाउँपालिका–५, बाजुङस्थित बाजुङ स्वास्थ्य चौकीलाई समाजसेवी गुरुङले सुगर जाँच्ने मेसिन, ज्वरो नाप्नेलगायतका अत्याधुनिक स्वास्थ्य उपकरण हस्तान्तरण गर्नुभयो ।
चलचित्र “भेडी गोठाले”मार्फत् द्वन्द्वपीडित लीला गुरुङलाई सहयोग
गोर्खाली रेडियो १०६ मेगाहर्ज, पोखरा र सोंपाल तमु समाज, पोखराको आयोजनामा पोखरा उद्योग वाणिज्य संघ, गैह्रापाटनको सभाहलमा समाजसेवी गुरुङले निर्माण गर्नुभएको चलचित्र “भेडी गोठाले”को विशेष प्रदर्शन गरी बचत भएको रकम पोखरा–९, नयाँबजारनिवासी द्वन्द्वपीडित लीला गुरुङलाई सहयोग गरिएको छ ।
बाजुङ फलाल्ने सामुदायिक भवनलाई १ लाख ५० हजार सहयोग
समाजसेवी गुरुङले पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, फलाल्नेमा निर्माण गर्न लागिएको बाजुङ फलाल्ने गुरुङ सामुदायिक भवनका लागि १ लाख ५० हजार ५ सय रुपैयाँ सहयोग गर्नुभएको छ । सो सहयोग उहाँले रकम फाल्गु तमु समाज, पोखराका अध्यक्ष हेमबहादुर गुरुङ र महिला विभाग अध्यक्ष सावित्रीकुमारी गुरुङलाई हस्तान्तरण गर्नुभयो ।
सिद्धार्थ प्राथमिक विद्यालय, फलाल्नेमा २ लाखको अक्षयकोष स्थापना
त्यसैगरी, पर्वतकै मोदी गाउँपालिका–५, बाजुङ, फलाल्नेस्थित सिद्धार्थ प्राथमिक विद्यालयमा समाजसेवी गुरुङले बुबा स्व. नरबहादुर गुरुङ र आमा सावित्रीकुमारी गुरुङको नाममा नरबहादुर/सावित्रीकुमारी गुरुङ शैक्षिक प्रतिष्ठानमार्फत् २ लाख रुपैयाँको शैक्षिक छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँले यसअघि, महेन्द्र शिखरी माध्यमिक विद्यालय, बाजुङमा पनि २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिसक्नुभएको छ ।
समाजसेवी गुरुङले मोदी गाउँपालिका–५, बाजुङ, खँडेरास्थित मनकामना मन्दिरलाई एक थान साउण्ड बक्स सहयोग गर्नुभएको छ । उहाँले मन्दिर निर्माण समितिका अध्यक्ष योगेश्वर पौडेललाई सो साउण्ड बक्स हस्तान्तरण गर्नुभएको हो । त्यसैगरी, पोखरेस्थित युवा क्लबलाई एक थान भलिबल सहयोग गर्नुभएको छ । समाजसेवी जयबहादुर अखेलीमार्फत् सो सहयोग गर्नुभएको हो ।
त्यस्तै, महेन्द्र शिखरी माध्यमिक विद्यालय, बाजुङलाई पर्वत क्लब, हङकङको तर्फबाट एक थान भलिबल हस्तान्तरण गर्नुभएको छ । पर्वत मञ्च, हङकङका अध्यक्ष समेत रहनुभएका समाजसेवी गुरुङले विद्यालयका प्रधानाध्यापक याम पौडेललाई सो भलिबल हस्तान्तरण गर्नुभयो ।
समाजसेवी गुरुङले कुश्मा नगरपालिका–३, दुर्लुङ, कोटगाउँस्थित नमुना युवा क्लब र प्रगतिशील आमा समूहलाई समेत आर्थिक सहयोग गर्नुभएको छ । मिलन फाउण्डेशन नेपालका तर्फबाट पदयात्रा गरी दुर्लुङ पुगेपछि स्थानीय क्लब र आमा समूहलाई समाजसेवी गुरुङका तर्फबाट ३० हजार, मिलन फाउण्डेशन नेपालका तर्फबाट ५ हजार र अन्य सहभागीका तर्फबाट गरी ३७ रुपैयाँ सहयोग गरिएको थियो । सो अवसरमा उहाँले आमा समूहकी अध्यक्ष धनकुमारी गुरुङ र क्लबका सचिव राजन गुरुङलाई सो सहयोग रकम हस्तान्तरण गर्नुभयो ।


त्यसैगरी, समाजसेवी गुरुङले तमुस्यो रि च्हमी परिवारलाई पोशाक सहयोग गर्नुभएको छ । परिवारकी अध्यक्ष गौरी गुरुङलाई पोशाक हस्तान्तरण गर्नुभएको हो । उहाँले आफ्नो जन्म दिनका अवसरमा सहाराको घर, चितवनलाई १५ हजार रुपैयाँ र मायाको घर, ललितपुरलाई १० हजार रुपैयाँ सहयोग समेत गर्नुभयो । त्यस्तै, उहाँकै अग्रसरतामा मिलन फाउण्डेशन नेपालको आयोजनामा बाजुङ, खोलाखेतमा भएको क्याम्प फायरमा समेत सहभागिता जनाउनुभयो । नेपाल बसाइँका क्रममा विभिन्न संघसंस्थाको स्वागत एवं सम्मान कार्यक्रममा समेत उहाँ सरिक हुनुभयो ।

Advertisment