पोखरा फाइनान्स गोरखाको पालुङटारमा

पोखरा, २८ मंसिर
पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले गोरखाको पालुङटार न.पा. ५, ठाँँँटीपोखरीमा नया“ शाखा समुद्घाटन गरी सञ्चालनमा ल्याएको छ ।
राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहकसेवा विस्तार हेतु खोलिएको उक्त पालुड्डटार शाखाको समुद्घाटन वित्तीय संस्थाका अध्यक्ष भुवनसिं गुरुङ तथा पालुड्डटार नगरपालिकाका नगर उप–प्रमुख पम्फा बसेलले संयुक्त रुपमा गर्नुभएको थियो ।
उक्त कार्यक्रममा गोरखा उद्योग वाणिज्य संघ, पालुड्डटार इकाईका उपाध्यक्ष आशिष देवकोटा तथा बजार व्यवस्थापन समितिका अध्यक्ष तेजु गिरी, समाजसेवी विमल ढकालले वित्तीय संस्थाका कार्यकारी प्रमुख रवि चन्द्र गुरुङ एवं अध्यक्ष भुवनसिं गुरुङले बोल्नुभएको थियो ।
चुक्ता पु“जी रु. ८५.७२ करोड रहेको यस वित्तीय संस्थाले उक्त पालुड्डटार शाखा मार्फत् निक्षेप एवं कर्जा, मोबाइल बैंकिड्ड तथा सि–आश्वा लगायतका सेवा दिइने जानकारी कार्यकारी प्रमुख रविचन्द्र गुरुङले दिनुभयो ।

Advertisment