ग्रीन डेभलपमेन्ट बैंकका चार शाखा एकसाथ सञ्चालनमा

पोखरा, २८ मंसिर
ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले शुक्रबार एकै दिन चार शाखा कार्यालयहरु संचालनमा ल्याएको छ ।
पोखरा महानगरपालिकाभित्र बागलुङ बसपार्क, बुद्धचोक, तालचोक र बागमारामा बैंकले शाखा विस्तार गरेको हो । बागलुङमा केन्द्रीय कार्यालय रहेको क्षेत्रीयस्तरको यस ग्रीन डेभलपमेन्ट बैंकले आफ्नो कार्य क्षेत्र भित्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी आधुनिक बैंकिड्ड सेवा उपलब्ध गराइरहेको छ । नयाँ खोलेका शाखाहरु सहित बैंकको शाखा संख्या ८ पुगेको छ भने थप ३ वटा शाखा छिट्टै खोल्ने क्रममा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले बताउनुभयो ।
यस बैंकले विभिन्न बचत एवं मुद्धति खाताहरुमा आर्कषक ब्याजदर प्रदान गरेको तथा सहज र सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ । बैंकले कृषि, पर्यटन जस्ता उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी कर्जा लगानी गर्दै आएको छ भने न्यून आय भएका वर्गलाई लक्षित गरी सामुहिक जमानीमा विपन्न वर्ग कर्जा समेत प्रवाह गर्दै आएको छ । बैंकको प्रधान कार्यालय एवं बेनी शाखाबाट सुन चाँदी धितोमा कर्जा उपलब्ध गराउँदै आएकोमा निकट भविष्यमा थप शाखाहरुमा समेत यो सुविधा विस्तार गर्दै लग्ने योजना रहेको बताइएको छ ।

Advertisment