काजीपोखरीमा नवनिर्मित ढलान सडकको उद्घाटन

पोखरा, २८ मंसिर
पोखरा महानगरपालिका वडा नं. १४, काजीपोखरीस्थित नवनिर्मित मोहन मार्गको उद्घाटन गरिएको छ । २९ लाख रुपैयाँ लागतमा हालै मात्र निर्माण सम्पन्न भएको ३ सय ४० मिटर ढलान सडकको शुक्रबार उद्घाटन गरिएको हो ।
पोखरा महानगरपालिका, वडा नं. १४ कार्यालय र स्थानीयबासीको सहयोगमा नवनिर्मित ढलान सडक र चौतारोको गण्डकी प्रदेशका सांसद् इन्द्रधारा विष्ट, पोखरा महानगरपालिका कार्यपालिका सदस्य यशोदा केसी र नेपाल रेडक्रस सोसाइटी, कास्की शाखाका कोषाध्यक्ष सुरेन्द्र गुरुङले उद्घाटन गर्नुभयो ।
ढलान सडकको उद्घाटन गर्दै सांसद् विष्टले विकास, निर्माणका लागि सरकारको मात्रै मुख ताक्नु गलत हुने धारणा राख्नुभयो । अहिले तीनै तहको सरकार बनेको भन्दै सांसद् विष्टले देश समृद्ध बनाउन जनता जागरुक रहनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य यशोदा केसी, वडा नं. १४ का कार्यवाहक वडाध्यक्ष जीतेन्द्रजंग थापा, नेपाल रेडक्रस सोसाइटी, कास्की शाखाका कोषाध्यक्ष सुरेन्द्र गुरुङ, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष क्या. गोलमान गुरुङ, सु. लालबहादुर गुरुङलगायतले बोल्नुभएको थियो ।
टोल विकास संस्थाका अध्यक्ष सु. बलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सु. मीनबहादुर कुँवर र सल्लाहकार दीपक रेग्मीले स्वागत गर्नुभएको थियो । सो अवसरमा समाजसेवी डमरकुमारी गुरुङ र उहाँको छोरा हाल संयुक्त राज्य अमेरिकामा रहेका समाजसेवी मोहन गुरुङले निर्माण गरेको पिपल चौतारो पनि उद्घाटन गरिएको थियो । त्यसैगरी, सडक ढलान तथा सडक सौन्दर्यताका लागि राखिएका फूलसहितका गमला राख्न महŒवपूर्ण सहयोग गर्ने समाजसेवी मोहन गुरुङको नाममा नवनिर्मित सडकको नाम ‘मोहन मार्ग’ राखिएको छ ।

Advertisment