राष्ट्रिय आविष्कार केन्द्रलाई नेपाल पुन मगर समाज र हिस्तान मण्डली समाजको सहयोग

पोखरा, २१ मंसिर
सूचना प्रविधिका अभियन्ता डा. महावीर पुनमगरद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रलाई नेपाल पुन मगर समाज र हिस्तान मण्डली समाज, पोखराले आर्थिक सहयोग गरेका छन् ।
नेपाल पुन मगर समाजका तर्फबाट १ लाख ३१ हजार ६ सय ९० र हिस्तान मण्डली समाज, पोखराद्वारा ५० हजार रुपैयाँ केन्द्रलाई हस्तान्तरण गरिएको हो । नेपाल पुन मगर समाजका तर्फबाट कोषाध्यक्ष जितु पुनमगर र हिस्तान मण्डली समाजका तर्फबाट सल्लाहकार गोर्खा मेजर चन्द्रबहादुर पुनमगरले डा. महावीर पुनमगरलाई सो सहयोग रकम हस्तान्तरण गर्नुभयो ।
नेपाल पुन मगर समाजका केन्द्रीय अध्यक्ष हर्कबहादुर पुनमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव खेम पुनमगरले गर्नुभएको थियो ।

Advertisment