देविन्द्र र दीपाले ल्याए “भुरुरु उड्ने चरी”

पोखरा, २१ मंसिर
हाल ः दक्षिण कोरियामा रहेका लोक तथा दोहोरी गायक देविन्द्र काउचा र गायिका दीपा गुरुङले “भुरुरु उड्ने चरी” बोलको नयाँ झ्याउरे गीत बजारमा ल्याएका छन् । गायक देविन्द्रको आफ्नै युट्युब च्यानलमार्फत् नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।
गीतमा गायक देविन्द्रको आफ्नै लय र स्वर छ भने गायिका दीपाले स्वरमा साथ दिएकी छिन् । त्यस्तै, मुन रानाको शब्द रहेको छ । शुम्भ चालिसे र भीषण काउचाले छायाङ्कन गरेको म्यूजिक भिडियोको सम्पादन विष्णु शर्मा र याम गुरुङले निर्देशन गरेका हुन् । म्यूजिक भिडियोमा याम गुरुङ र विष्णु दगामीले अभिनय गरेका छन् ।
गायक देविन्द्रले यसअघि, “किन खोज्छौ जोरी मायालु” बोलको पञ्चेबाजा गीत, “लाउँदिन म कर” र “अर्कै भेटेसी” बोलको दोहोरी गीत, “माया माया भन्नेले” बोलको लोकगीत बजारमा ल्याइसकेका छन् । अघिल्ला गीतहरुलाई झैं यस गीतलाई दर्शक, स्रोताले मन पराइदिनेमा उनी विश्वस्त छन् ।

पूरा भिडियो हेर्नका लागि लिंक ः

Advertisment