मगर संघ प्रदेश नं. ४ को प्रथम अधिवेशन पुस २७ र २८ गते बागलुङमा हुने

पोखरा, १९ मंसिर
नेपाल मगर संघ, प्रदेश संयोजन समिति, प्रदेश नं. ४ (गण्डकी प्रदेश)को प्रथम अधिवेशन आगामी पुस २७ र २८ गते बागलुङमा हुने भएको छ । प्रदेश राजधानी पोखरामा सम्पन्न प्रदेश संयोजन समितिको सातौं पूर्ण बैठकले सो निर्णय गरेको संघका प्रदेश संयोजक खेम पुनमगरले जानकारी दिनुभयो ।
त्यसैगरी, प्रदेश संयोजन समितिको बैठकले अधिवेशन आयोजक समिति विस्तार समेत गरेको छ । जसमा कास्कीबाट बुद्धिकुमारी थापामगर, पर्वतबाट युबराज पुनमगर, तनहुँबाट नन्दबहादुर थापामगर, म्याग्दीबाट बालकुमार रोकामगर, बागलुङबाट कुसुम बुढामगर, स्याङ्जाबाट तेजबहादुर आलेमगर, लमजुङबाट यामबहादुर आलेमगर, नवलपुरबाट छबिलाल रानामगर, गोरखाबाट टंक रानामगर त्यसैगरी, फरेन्द्र थापामगर, गोमबहादुर रानामगर, रुपा आलेमगर, सोम पुनमगर, तिलबहादुर चितौरेमगर, कर्णबहादुर थापामगर, तारामाया थापामगर, लोकेन्द्र थापामगर, डमबहादुर गर्बुजामगर, मीना थापामगर र संगीता रानामगर रहनुभएको संयोजक पुनमगरले जानकारी दिनुभयो ।
संघको प्रदेश संयोजक खेम पुनमगरको अध्यक्षतामा सम्पन्न भएको बैठकमा संघको पूर्व अध्यक्ष झकबहदुर थापामगर, महासचिव ज्ञानेन्द्र पुनमगर, उपाध्यक्ष मन्धरी आलेमगर, प्रदेश सहइञ्चार्ज कृष्ण रानामगरलगायतका केन्द्रीय नेताहरुको सहभागिता रहेको थियो ।

Advertisment