निर्मलाले ल्याइन्, ‘रिडी बजार काली दोभान’

पोखरा, १३ मंसिर
लोक तथा दोहोरी गायिका निर्मला थापामगरले नयाँ सांगीतिक कोसेली बजारमा ल्याएकी छिन् । नयाँ सांगीतिक कोसेलीका रुपमा निर्मलाले ‘रिडी बजार काली दोभान’ बोलको पञ्चेबाजा गीत युट्युबमार्फत् सार्वजनिक गरेकी छिन् ।
गुल्मी रेसुंगा म्यूजिक प्रालिको प्रस्तुतीमा तयार पारिएको सो गीतको म्यूजिक भिडियोमा मुकुन्द सुवेदी, नवीना थापामगर र कृतिकाले अभिनय गरेका छन् । गीतमा निर्मलालाई सन्तु थापाले साथ दिएका छन् भने गीतको शब्द गणेश अधिकारी र लय निर्मला आफैंले तयार पारेकी हुन् । म्यूजिक भिडियोको छायांकन करण चैसिर, सम्पादन मनोज कार्की र निर्देशन सन्तु थापाले गरेका हुन् भने हिम सम्झौता डिजिटलले दृश्य निर्माण गरेको हो ।
युट्युबमा पूरा भिडियो हेर्नका लागि लिंक ः

Advertisment