तेस्रो आदिवासी जनजाति महोत्सवमा सुनिए साहित्यकार

दमौली, १३ मंसिर
नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, तनहुँले आयोजना गरेको तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७५ मा तनहुँका साहित्यकारले साहित्यिक रचना वाचन गरेका छन् ।
महोत्सवमा साहित्यका लागि समेत विशेष समय छुट्याइएको थियो । करिब एक घण्टाको समयमा विभिन्न साहित्यकारले आ–आफ्ना रचना सुनाए । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च, तनहुँले संयोजन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव एवं नेपाल मगर लेखक संघका केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगर प्रमुख अतिथि हुनुहुन्थ्यो । श्रीसमगरले मगर तथा नेपाली भाषामा मुक्तक वाचन गर्नुभयो ।
कार्यक्रममा महोत्सवकी साहित्यिक उपसमिति संयोजक गीता थापामगर, महर्षि वेदव्यास वेद विद्याश्रमका प्राचार्य तुलसीशरण सिग्देल, नेपाल मगर लेखक संघ, गण्डकी प्रदेश समितिका अध्यक्ष धीरेन्द्र थापामगर ‘किसानी’, नारायणकैलाश सिग्देल, तेजप्रसाद लामिछाने, रामबहादुर आलेमगर, श्रीराम भट्टराई, बाबुराम सापकोटा, शंकरराज नहर्की, महेन्द्र रम्घाली, राम पौडेलले आ–आफ्ना मुक्तक, गजल र कविता वाचन गरे ।
गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च, तनहुँका अध्यक्ष आकाश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष संगम सापकोटाले गर्नुभएको थियो ।

Advertisment