स्व. श्रीप्रसाद गुरुङको छैठौं स्मृति दिवसमा पोखरामा स्मृति सभा

पोखरा, ९ मंसिर
तमुहरुका महान् अभियन्ता श्रीप्रसाद गुरुङको छैटौ स्मृती दिबसको अबसरमा आज पोखरामा स्मृति सभा सम्पन्न भएको छ । स्याङ्जा, जिल्ला टोड्के–८ आरुखर्कमा वि सं १९९० साल माघ ३ गते मंगलबारका दिन जन्म भइ जिवनका उकाली ओराली , आरोह अवरोह पार गर्दै लामो समय समग्र तमु हरुको विकास र उत्थानमा लागी परिरहने एक कर्मशील श्रीप्रसादको छैठौं स्मृतिमा विविध कार्यक्रम सहित स्मृती सभा आयोजना गरिएको हो । तमु ह्युला छोंज धी गुरुङ राष्ट्रिय परिषदको केन्द्रिय समितिको आयोजनामा स्मृतीसभा सम्पन्न भएको हो । स्मृति सभामा बोल्दै बक्ताहरुले उहाले आफनो जिवनको अधिकाँस समय तमु समुदायको हक हित र अधिकारको लडाइमा बिताएको र उहाँले तमुहको उत्थान र विकासका लागी कार्य गरेको बताए ।

साथै उनीहरुले श्रीप्रसाद द्धारा गुरुङहरुका गाउँ गाउँ कुना कन्दारामा पुगी जातीय ,भाषिक ,धार्मिक, साँस्कृतिक, राजनैतिक उत्पीडनमा परेका तमु जातीहरुलाइ जागृत बनाउन समेत अतुलनीय भूमिका खेलेको स्मरण गरे । श्रीप्रसादले झापाको खुदनाबारीमा रहेको भुटानी शिबिरदेखि भारतको सिक्किम , कालिङपोङ ,गान्तोक , खरसाङ, सिलगुडी, दार्जीलिङसम्म पुगेर तमुहरुलाई तमु जातिको भाषा ,लिपी ,धर्म ,संस्कृतिबारे जागरुक बनाउनमा समेत महत्वपुर्ण भुमिका खेलेको पनि उनीहरुले स्मरण गरे । संस्थाका केन्द्रीय अध्यक्ष रेशम तमुको अध्यक्षातामा भएको कार्यक्रममा उहाँका समकक्षी डा. गेहेन्द्रमान उदास, राजनैतिक समकालिन मानब अधिकारबादी टेकनाथ बराल, शिक्षासेबी शेरबहादुर गुरुङ्ग, संस्थाका पुर्ब महासचिब खड्कबहादुर गुरुङ्ग, भबर पाल्चे लगायतले श्रीप्रसादले समाजका लागी गरेको अतुलनीय योगदानको चर्चा समेत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका उपमहासचिब मनोज गुरुङ्गले गर्नुभएको थियो ।

Advertisment