बालपदम र कालिका आधारभूत विद्यालयको पुस्तकालय तथा ईसीडी कक्षा उद्घाटन

पोखरा, ३ मंसिर

बालपदम र कालिका आधारभूत विद्यालयको पुस्तकालय तथा इसिडी कक्षाको उद्घाटन भएको छ । एक कार्यक्रमका बीच अष्ट्रेलियन नागरिक शिक्षासेवी मालकोम पेकले उद्घाटन गर्नुभयो ।

समाजसेबी होमबहादुर गुरुङको समन्वयमा पहार ट्रस्टको प्राविधिक सहयोगमा पुस्तकालय स्थापना भएपछि विद्यार्थी र अभिभावक खुशी भएका छन्। गत बर्ष बराह आधारभूत विद्यालयको पुस्तकालय र विद्यालय पुनर्निर्माण गरिदिएका पेकको टिमले धनुबास मावि,  र धनुबास आधारभूत विद्यालयलगायत नेपालका धेरै ग्रामीण भेगका बिद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि निरन्तर लागि परेको छ । यही मंसिर ६ गते मालकोम पेकको टिमले शिल्दु आधारभूत विद्यालय र चण्डिका आधारभूत विद्यालयको स्थलगत निरीक्षण गर्ने कार्यक्रम समेत रहेको मादी गाउँपालिका वडा नं. ७, कास्कीका वडाध्यक्ष लालबहादुर गुरुङले जानकारी दिनुभयो ।

 

Advertisment