मगर संघ रोल्पाको अध्यक्षमा पुन

लिबाङ, २ मंसिर
नेपाल मगर संघ रोल्पाको दशौं जिल्ला अधिवेशनबाट अध्यक्षमा कुमबहादुर पुनमगर चयन हुनुभएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा बोमबहादुर घर्तीमगर, सचिवमा जोखबहादुर पुनमगर, सह–सचिवमा प्रशान्त घर्तीमगर र कोषाध्यक्षमा विमला पुनमगर चयन हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा किशोर बुढामगर, विपना घर्तीमगर, सावित्रा रोकामगर, पूर्णबहादुर घर्तीमगर, जयबहादुर घर्तीमगर र देउकला घर्तीमगर रहनुभएको छ ।
यसअघि, अधिवेशनको उद्घाटन नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोकामगरले गर्नुभएको थियो भने महासचिव ज्ञानेन्द्र पुनमगरले पनि अधिवेशनलाई सम्बोधन गर्नुभएको थियो ।

Advertisment