नेपाल केन्पो खुकुरी मार्शल आर्ट संघ, गण्डकी प्रदेशको बैठक सम्पन्न

पोखरा, २ मंसिर
नेपाल केन्पो खुकुरी मार्शल आर्ट संघ, गण्डकी प्रदेशको बैठक सम्पन्न भएको छ ।
पोखरामा सम्पन्न बैठकले प्रमुख प्रशिक्षक र सहायक प्रशिक्षक नियुक्त गरेको छ । त्यसैगरी, बैठकले संघको संगठन विस्तारका लागि गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरूमा मंसिर महिनाभित्र संगठन विस्तार गरिसक्ने निर्णय गरेको छ भने सदस्यता वितरणका लागि जिल्लाहरूमा अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा कास्की जिल्ला संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गरिएको थियो । सो अवसरमा संघका केन्द्रीय अध्यक्ष पूर्ण पाण्डे र केन्द्रीय सचिव राजन पराजुलीले संगठनात्मक निर्देशन दिनुभएको थियो । त्यस्तै, संघकी केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश इञ्चार्ज दिलु गुरुङ र प्रदेश नं. ३ का सल्लाहकार हरिकुमार मैनालीले संघ र केन्पो खुकुरी मार्शल आर्टको विकासका लागि संगठन मजबुत बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभएको थियो ।
संघका गण्डकी प्रदेश अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा भएको बैठकको सञ्चालन महासचिव रुद्रबहादुर श्रीस र कोषाध्यक्ष कुञ्जनी परियार “प्यासी”ले स्वागत गर्नुभएको थियो ।

Advertisment