मृगौलापीडित गुरुङलाई तगुह्रों घोथाने परिवारको ८२ हजार सहयोग

पोखरा, २८ कात्तिक
दुवै मृगौला खराब भइ उपचाररत रहेका पोखरा महानगरपालिका–२२, पुम्दीभुम्दीस्थित कालाबाङ घरेडी होमस्टेका सञ्चालक/संयोजक रविन गुरुङलाई कालाबाङ तगुह्रों घोथाने परिवारले ८२ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
परिवारका सदस्य समेत रहेका मृगौलापीडित गुरुङको उपचारमा आर्थिक कारणले समस्या भएपछि परिवारले सो रकम सहयोग गरेको हो । विगत ६ महिनादेखि मणिपाल शिक्षण अस्पताल, पोखरामा नियमित रुपमा डायलासिस गराइरहनुभएका मृगौलापीडित गुरुङलाई परिवारका अध्यक्ष ओमप्रसाद गुरुङले सो सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
परिवारले मृगौलापीडित गुरुङको उपचारका लागि सबैसँग सहयोगको याचना समेत गरेको छ । गुरुङलाई सहयोग गर्न चाहने व्यक्तिहरूले परिवारका अध्यक्ष ओमप्रसाद गुरुङको सम्पर्क नम्बर ९८०४११९१२१ र सचिव सु. लोकप्रसाद गुरुङको सम्पर्क नम्बर ९८०४१५८१७८ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

Advertisment