मगर संघ प्रदेश नं. ३ को अध्यक्षमा थापा

काभ्रेपलाञ्चोक, २७ कात्तिक
नेपाल मगर संघ प्रदेश नं. ३ को ऐतिहासिक प्रथम अधिवेशन काभ्रेमा सम्पन्न भएको छ ।
अधिवेशनले राजकुमार थापामगरको अध्यक्षतामा तीन सदस्य पछि थप्ने गरी ४५ सदस्यीय प्रदेश ३ कार्यसमिति चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा कृष्ण रानामगर (ललितपुर), सुरेन्द्र थापा मगर (धादिङ), मञ्जु थापामगर (काठमाडौं), मुख्य सचिवमा सुदिव पूलामी मगर (भक्तपुर) सचिव भगवान राना मगर (नुवाकोट), मिलन थापा मगर (चितवन), विष्णु थापा मगर (ललितपुर), सचिव महिलामा गायत्री रानामगर (काठमाडौं), कोषाध्यक्षमा सीताराम थापा मगर (काडमाडौं), सह–कोषाध्यक्षमा शंकर थापा मगर (मकवानपुर)लाई चयन गरेको छ ।
त्यसैगरी, सदस्यहरुमा हरिशरण राना मगर (ललितपुर), रिता थापा मगर (ललितपुर), शान्ता जर्गा मगर (काठमाडौं), कृष्ण पूर्वछाने मगर (काठमाडौं), काशीमाया राना मगर (चितवन), देवबहादुर राना मगर (चितवन), सरिता पूलामी मगर (काभ्रे), विनोद सिंदाली मगर (काभ्रे), विकाबहादुर पूलामी मगर (रामेछाप), हरिशंकर गिदेल मगर (धादिङ), रिता राना मगर (धादिङ), पुनम राना मगर (भक्तपुर), कुमार राना मगर (भक्तपुर), मनका देवी थापा मगर(मकवानपुर) रामकुमार बोगटी मगर (मकवानपुर), भद्रीमाया मगर (सिन्धुली), सूर्य थापा मगर (सिन्धुली), गणेश बहादुर खपाङ्गी मगर (दोलखा), विष्णुमाया मगर (दोलखा), प्रमिला थापा मगर (नुवाकोट), रामकृष्ण थापा मगर (नुवाकोट), सोनु थापा मगर (सिन्धुपाल्चोक), बेमबहादुर थापा मगर (सिन्धुपाल्चोक), कमला थापा मगर (रसुवा), रिता थापा मगर (महिला संघ), राहित राना मगर (युवा संघ), लेखराम सारु मगर (साँस्कृतिक संघ), कुमार थापा मगर (चितवन), क्या. विलबहादुर थापा मगर (शैनिक संघ), जितबहादुर थापा मगर (सिन्धुपाल्चोक), खेम जर्घा मगर (मकवानपुर) रहेका छन् ।
अधिवेशन कार्तिक २६ गते उद्घाटन र २७ गते बन्द सत्र गरी काभ्रेमा सम्पन्न भएको थियो । अधिवेशनको उद्घाटन संघीय सांसद् गंगाबहादुर तामाङ “बमध्वज” र नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोकामगरले संयुक्त रुपमा गर्नुभएको थियो ।

Advertisment