बागलुङ समाज, बेलायतको अध्यक्षमा पुन

लण्डन, २५ कात्तिक
बागलुङ समाज, बेलायतको अध्यक्षमा छविमाया पुन चयन हुनुभएको छ । समाजको उपाध्यक्षहरूमा धन बुढाथोकी, खडक थापा र भोजराज कँडेल, महासचिवमा मित्र थापा, सचिवमा शेरबहादुर पुन, कोषाध्यक्षमा हरि घर्ती र सह–कोषाध्यक्षमा हिरा पुन चयन हुनुभएको छ ।


त्यसैगरी, सदस्यहरूमा सांस्कृतिक सचिवमा अशोक बुढाथोकी, सञ्चार सचिवमा जंग पुन, सह–सञ्चार सचिवमा याम श्रेष्ठ, वेब माष्टरमा नन्द पुन, महिला संयोजकमा क्रिष्टिना छन्त्याल, महिला संयोजकमा प्रेरणा खड्का, नौमती बाजा संयोजकमा भीम थापा र सहसंयोजकमा तीर्थ शाही चयन हुनुभएको छ ।
समाजका निवर्तमान अध्यक्ष दीपककुमार काउचाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव खड्क थापाले गर्नुभएको थियो । धन कुँवरको नेतृत्वमा रहेको निर्वाचन समितिले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो ।

Advertisment