नेकपा घिरिङ गाउँपालिकाको शुभकामना आदानप्रदान एवं चियापान

घिरिङ, २८ असोज
नेपाल कम्युनिष्ट पार्टी (नेकपा), घिरिङ गाउँ संगठन कमिटी, तनहुँले बडा दशैं, तिहार, नेपाल सम्वत् ११३९ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै नेकपाका स्थायी समिति सदस्य सोमनाथ अधिकारी “प्यासी”ले कम्युनिष्ट आन्दोलनमा तनहुँ जिल्लाको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । त्यस्तै, नेकपाका प्रतिनिधिसभाका सांसद् कृष्णकुमार श्रेष्ठ “किसान”ले जनतासँग गरेको वाचा पाँच वर्षभित्र पूरा गरेरै छाड्ने दाबी गर्नुभयो ।
सो अवसरमा घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर राना, उपाध्यक्ष सरस्वती सिग्देल, नेकपाका नेता रामजी अर्याललगायतले शुभकामना दिनुभएको थियो । नेकपा घिरिङ गाउँ संगठन कमिटीका अध्यक्ष होमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन इन्द्रबहादुर थापा र डम्बर विकले स्वागत गर्नुभएको थियो । कार्यक्रमको प्रायोजन घिरिङ निर्माण सेवा प्रालिका तर्फबाट मनबहादुर आले र मनबहादुर रानाले गर्नुभएको थियो ।

Advertisment