लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीको रक्तदानमा ३२ युनिट रगत संकलन

पोखरा, २५ असोज
लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३२ युनिट रगत संकलन भएको छ ।सो अवसरमा डिपार्टमेन्ट चिफ लायन विमला श्रेष्ठले पहिलो रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा जीएलटी कोअर्डिनेटर लायन राजु श्रेष्ठ, जोन चेयर पर्सन लायन सुशीला सिग्देलले शुभकामना दिनुभएको थियो ।
लायन्स क्लबका अध्यक्ष लायन सुकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लायन लालकाजी गुरुङ र प्रथम उपाध्यक्ष लायन लीलाधार अधिकारीले स्वागत गर्नुभएको थियो भने द्वितीय उपाध्यक्ष एवं कार्यक्रम संयोजक लायन जयराम आचार्यले धन्यवाद दिनुभएको थियो ।

Advertisment