कंगोमा तेल ट्यांकर दुर्घटनापछि भएको आगलागीमा परी ५० जनाको मृत्यु

298

काठमाडौं, २१ असोज
प्रजातान्त्रिक गणतन्त्र कंगोको मध्यक्षेत्रको एमबुजा ग्रामीण इलाकामा एउटा तेल ट्यांकर दुर्घटनापछि भएको आगलागीमा परी कम्तिमा ५० जनाको मृत्यु भएको छ । दुर्घटनापछि ट्यांकरबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केको र नजिकैको गाउँमा फैलिँदा ५० जनाको मृत्यु भएको हो ।
दुर्घटनामा कयौं मानिस घाइते भएको र ठूलो धनराशी बराबरको भौतिक सम्पत्तिको क्षति भएको एमबुजा क्षेत्रका गभर्नर अतु मतुबौनाले जानकारी दिएका छन् । पेट्रोलियम पदार्थ लिएर मातडीबाट किन्सासा गइरहेको ट्यांकर बाटोमा रोकेर राखिएको ट्रकमा ठक्कर खाएको थियो । (एजेन्सी)