एकता सहकारीको रक्तदानमा ३१ युनिट रगत संकलन

पोखरा, २० असोज
पोखरा महानगरपालिका–१४, चाउथेस्थित एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्वास्थ्य उपसमितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएको छ ।
शनिबार सम्पन्न रक्तदान कार्यक्रमको कास्की जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष सुदीप ढकालले पहिलो रक्तदाता बाबुराम रेग्मीलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गर्नुभएको थियो । सो अवसरमा ढकालले रक्तदान पनि सामाजिक उत्तरदायित्व अन्तर्गत पर्ने भन्दै सहकारीले नाफामुखी भन्दा पनि बढी सेवामुखी हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
गण्डकी प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रतिनिधि भूपेन्द्र विनायक थापा, सो सहकारी संस्थाका अध्यक्ष बालकृष्ण काउछामगरले पनि बोल्नुभएको थियो । कार्यक्रममा क्षेत्रीय रक्तसञ्चार केन्द्र, पोखराका प्रतिनिधि ध्रुव लामिछानेले रक्तदानको महत्वबारे प्रकाश पार्नुभएको थियो ।
सहकारीको स्वास्थ्य उपसमितिका संयोजक सुदर्शन पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राजु देवकोटा र भूविन्द्र गिरी “नरेश”ले स्वागत गर्नुभएको थियो ।

Advertisment