विनोद र रेखाको “मायाले छोडेर गयो”

पोखरा, १६ असोज
लोक तथा दोहोरी गायक विनोद रामदाम र गायिका रेखा गुरुङको “मायाले छोडेर गयो” बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
रमेश बिजीको शब्द र गायक विनोदको लय रहेको गीतको म्यूजिक भिडियो भावना म्यूजिक सोलुसनको प्रस्तुतीमा तयार गरिएको हो । म्यूजिक भिडियोमा विमल अधिकारी, साया भण्डारी, रिना मगर र सुरेश गुरुङले अभिनय गरेका छन् ।
म्यूजिक भिडियोको निर्देशन कपिल लामा, छायांकन अजय रेग्मी, सम्पादन अमर शाक्यको रहेको छ भने शिव फिल्मस्ले दृश्य निर्माण गरेको हो । आफ्नो मायालुले छोडेर जाँदाको पीडा गीतमार्फत् व्यक्त गरिएको छ । गीत सार्वजनिक भएको छोटो समयमै दर्शक, स्रोताले दिएको मायाले निकै उत्साही भएको गायक विनोद रामदामले जानकारी दिए ।
पछिल्लो समय चेलीबेटीमाथि बढेको घरेलु हिंसा र अत्याचारका कारण सिर्जित परिणामबारे म्यूजिक भिडियोको कथामा उतार्न खोजिएको छ ।
पूरा म्यूजिक भिडियो हेर्नका लागि लिंक ः

Advertisment