पर्वत मञ्च हङकङको अध्यक्षमा दुर्गा गुरुङ ‘मिलन’

हङकङ, ८ असोज
हङकङमा बसोबास गर्ने पर्वतेलीहरूको संस्था पर्वत मञ्च हङकङको अध्यक्षमा दुर्गा गुरुङ ‘मिलन’ चयन हुनुभएको छ । बाजुङ समाज, हङकङका अध्यक्ष रहनुभएका गुरुङ मञ्चको अध्यक्षमा चुनिनुभएको हो ।
नवनिर्वाचित अध्यक्ष गुरुङ सामाजिक कार्यमा सक्रिय व्यक्ति हुनुहुन्छ । मिलन फाउण्डेशन नेपालको संरक्षक रहनुभएका गुरुङ मिलन डी.जी. इन्टरनेशनल प्रालिको अध्यक्ष समेत हुनुहुन्छ ।
मञ्चको पाँचौं अधिवेशनबाट उपाध्यक्षमा भीम गुरुङ र महासचिवमा विद्या गुरुङ चयन हुनुभएको छ । त्यस्तै, मञ्चमा आबद्ध १० वटा विभिन्न क्षेत्रीय समाजहरूका अध्यक्षहरू पदेन सदस्य हुने व्यवस्था छ । नवनिर्वाचित समितिलाई निर्वाचन मण्डल अध्यक्ष तीर्थ गुरुङले सपथ ग्रहण गराउनुभएको थियो ।
मञ्चका पूर्व अध्यक्ष दुर्गा गुरुङ ‘एन्डी’को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशेष अतिथि गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसी मेम्बर कर्णेल मीनबहादुर गुरुङ, सन्देश स्टोर्सका प्रोपाइटर एवं समाजसेवी तीर्थ गुरुङ, पूर्व अध्यक्ष काजी गुरुङ, पूर्व संयोजक मीनबहादुर गुरुङ, नमोबुद्ध धर्म सेन्टर, जोर्डनका धर्म गुरु देवीरास गुरुङ, आर्थरडाँडाखर्क सेवा समिति, हङकङका सल्लाहकार एवं समाजसेवी धरम गुरुङ, पूर्व अध्यक्ष विसन गुरुङ, तमु ट्हो ह्युल हङकङका पूर्व अध्यक्ष अर्जुन गुरुङलगायतले सहभागिता रहेको थियो ।
मञ्चमा हङकङमा क्रियाशील संस्थाहरू दुर्लुङ सम्पर्क मञ्च, आर्थर डाँडाखर्क सेवा समिति, पैयूँखोला समाज, चारभञ्ज्याङ समाज, देउपुर देउराली समाज, पञ्चासे समाज, बाजुङ समाज, भुक देउराली समाज, पर्वत क्लब र पुन मगर कल्याणकारी कोष आबद्ध रहेका छन् ।

Advertisment