पूर्व मन्त्री थापासहित पाँच जना स्रष्टालाई आदिकवि रेख पुरस्कार

दमौली, ३ असोज
मगर भाषाका आदिकवि सु. रेखबहादुर सारूमगरको ७५ औं जन्मजयन्तीको अवसरमा मगर भाषाका अग्रज साहित्यकार एवं पूर्व मन्त्री शिवलाल थापा गुरुछान मगर र संस्कृतिविद यमबहादुर आलेमगर सहित पाँच जना स्रस्टा सम्मानित भएका छन् ।
पञ्चायतकालिन कठिन समयमा पनि मगर भाषामा कलम चलाई २०३९ सालमा तत्कालीन लाङ्घाली परिवार संघ तनहुँको मुखपत्रको रूपमा “सेहेच लामाङ हुंइँ“ नामक पत्रिका प्रकाशन भएको थियो । मगर भाषामा प्रकाशित नेपालकै पहिलो साहित्यिक पत्रिकाका तत्कालीन सम्पादक शिवलाल थापा र यम बहादुर आलेमगरलाई आदिकवि रेख स्मृति साहित्य पुरस्कार २०७५ द्वरा सम्मान गरेका हुन। सोही अबसरमा पत्रिकाका अर्का सम्पादकले स्व. मानध्वज राना र स्व. तुलबहादुर किजिम मगर, बुद्धबहादुर थापामगरलाई पनि मरणोपरन्त कार्यक्रममा मृतक्का परिवारलाई सम्मन पत्र हस्तान्तरण गरि सम्मान गरिएको थियो भने ,सोही अवसरमा आदिकवि पुत्र शिवुकुमार सारुमगरलाई पनि प्रमुख अतिथिबाट दोसाल्ला ओढाएर सम्मान गरिएको थियो ।
गण्डकी प्रदेशकी सांसद् सरिता गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले आफू रुकुम जिल्लामा हुँदा मगर खाम भाषामा कक्षा ५ सम्म विद्यालय खोल्न सहयोग गरेको स्मरण गर्दै तनहुँ पनि मगर जातिको बाहुल्यता जिल्ला भएकोले मगर भाषामा पठनपाठन गर्न सक्ने बताउँदै आवश्यक परे सहयोग गर्ने बताउनुभयो । त्यसैगरी, अर्का अतिथि अधिवक्ता इन्द्रकुमारी थापाले मगर जाति सोझो र सरल जाति भएकोले कानूनी मामिलामा बिनाकारण धेरै दुखहरु झेल्नु परेको कुरा बताउनुभयो । सम्मानित व्यक्तित्व पूर्व मन्त्री तथा मगर भाषाका अग्रज साहित्यकार शिवलाल थापामगरले आदिकवि रेखबहादुरको साहित्यिक एवं भाषिक योगदानका बारेमा चर्चा गर्दै मगर भाषामा उच्च शिक्षा सम्म पाउने व्यवस्था राज्यले गर्नु पर्ने बताउनुभयो । अर्का सम्मानित ब्यक्तित्व यमबहादुर आले आफू सम्मानित हुन पाउँदा खुशी व्यक्त गर्दै आफूहरु सँस्थाको अभिभावकत्ब भुमिका गर्न तयार रहेको कुरा बताउनुभयो ।


आदिकवि रेखबहादुर प्रतिष्ठानका अध्यक्ष खड्कबहादुर आलेको अध्यक्षतामा सप्पन्न सो कार्यक्रममा मगर भाषामा कविता वाचन प्रतियोगिता पनि संचालन गरिएको थियो । कविता प्रतियोगितामा नवीन थापा प्रथम, बसन्ती सारुमगर द्वितीय र प्रदीप रानाले तृतीय स्थान हासिल गरेका थिए । बिजेता प्रतियोगीहरुलाई नगद तथा प्रशंसा पत्रले सम्मान गरेका थिए । कविता वाचन प्रतियोगितामा ९ जना मगर भाषाका कविहरुले भाग लिएका थिए । कार्यक्रम प्रतिष्ठान सचीव रिमा आले मगर र विजय थापाले संयुक्त रुपमा संचालन गरेका थिए भने मगर लेखक संघ तनहुँका अध्यक्ष बादल आलेमगरले स्वागत मन्तव्यले र प्रतिष्ठानका सदस्य मधुसिंह थापामगरले सारंगीको धुनसंगैको स्वागत गीतले मन्त्रमुग्ध पारी स्वागत गरेका थिए । उक्त कार्यक्रममा मगर विद्यार्थी संघ तनहुँका विद्यार्थीहरुले कौरा नृत्य प्रस्तुत गरेका थिए ।

Advertisment