मगर युवा संघको अध्यक्षमा जयप्रकाश बुढामगर

हेटौंडा, १ असोज

नेपाल मगर युवा संघको तेस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा जयप्रकाश बुढामगर सर्वसम्मत चयन हुनुभएको छ ।
प्रदेश नं. ३ को अस्थायी राजधानी हेटौंडामा सम्पन्न महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा रेमबहादुर पुनमगर, महिला उपाध्यक्षमा छविना लुंगेलीमगर, बाह्र मगरात भाषिक उपाध्यक्षमा शेरबहादुर आलेमगर, अठार मगरात भाषिक उपाध्यक्षमा गोपीबहादुर पुनमगर, काइके भाषिक उपाध्यक्षमा दीपक रोकामगर, महासचिवमा इमानसिंह रानामगर, सचिवमा दीपक पुनमगर र खड्कबहादुर थापामगर तथा कोषाध्यक्षमा भूपेन्द्र बुढामगर सर्वसम्मत चयन हुनुभएको छ ।
महाधिवेशनबाट निर्वाचित ४५ सदस्यीय केन्द्रीय समितिका प्रदेश नं. १ संयोजकमा झलकबहादुर आलेमगर, प्रदेश नं. ३ का संयोजक सरोज पुलामीमगर, गण्डकी प्रदेशका संयोजक देवबहादुर गाहामगर, प्रदेश नं. ५ का संयोजक महेशबहादुर पुनमगर, कर्णाली प्रदेशका संयोजक मनबहादुर सिंजालीमगर र प्रदेश नं. ७ का संयोजकमा पुष्पा बुढामगर चयन हुनुभएको छ ।
त्यसैगरी, केन्द्रीय सदस्यहरूमा अमरबहादुर मगर, ईश्वरी रोकामगर, जयबहादुर पुनमगर, कल्पना घर्तीमगर, खिमबहादुर रानामगर, निर्मला सारुमगर, सूर्यबहादुर कालामगर, कमानसिंह घर्तीमगर, ललित रानामगर, नाम्सु सुनारीमगर, सोनाम आलेमगर, प्रदीप रानामगर, उपेन्द्र रानामगर, लोकबहादुर रानामगर, रीता आलेमगर, कृष्ण गोविन्द मगर र स्मृति मगर रहनुभएको छ । संघका निवर्तमान अध्यक्ष अशोक सारुमगरको अध्यक्षतामा भएको महाधिवेशनको उद्घाटन नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोकामगरले गर्नुभएको थियो ।

Advertisment