भुजेल महिला समाज, कास्कीको चेलीबेटी भेटघाट तथा जलपान कार्यक्रम सम्पन्न

पोखरा, २७ भदौ
भुजेल महिला समाज, कास्कीको आयोजनामा नेपाली महिलाहरुको महत्वपूर्ण चाड हरितालिका तीजका अवसरमा चेलीबेटी भेटघाट तथा जलपान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी सांसद् मित्रकुमारी गुरुङले राजनैतिक रुपमा महिलाहरु सचेत हुनुपर्ने बताउनुभयो । महिलाहरुले आफ्नो अधिकार प्राप्तिका लागि जुनसुकै पार्टीमा भएपनि संघर्ष गर्नुपर्ने बताउँदै सांसद् गुरुङले महिलाहरु एक हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सो अवसरमा भुजेल समाज सेवा समितिका निवर्तमान केन्द्रीय अध्यक्ष सूर्यबहादुर भुजेल, पूर्व कास्की जिल्ला अध्यक्ष भीमसेन भुजेल, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, कास्कीकी अध्यक्ष राजकुमारी भुजेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का पश्चिमाञ्चल च्याप्टरका नवनिर्वाचित अध्यक्ष हरि भुजेल, रेष्टुरेण्ट एण्ड बार एशोसिएसन, नेपाल (रेबान), पोखराका नवनिर्वाचित अध्यक्ष भीमसेन भुजेल, २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण ४५ वर्षीया सीता भुजेललाई सम्मान गरिएको थियो ।
समाजकी अध्यक्ष ढकमाया भुजेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रेम भुजेल र समुन्द्र भुजेल एवं उपाध्यक्ष विष्णुकुमारी भुजेलले स्वागत गर्नुभएको थियो ।

Advertisment