शान्त तमु समाजको एक हप्ते उद्घोषण कला तालिम सुरु

पोखरा, १७ भदौ
पोखरा महानगरपालिका–१९, लामाचौर, गैरीखोरस्थित शान्त तमु समाजको आयोजनामा एक हप्ते उद्घोषण कला तथा व्यक्तित्व विकास तालिम आइतबारदेखि सुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै समाजसेवी जसकाजी गुरुङले समाजको प्रगतिका लागि मेलमिलाप अनिवार्य भएको बताउनुभयो । क्षमता विकासका लागि तालिम महŒवपूर्ण रहेको भन्दै गुरुङले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।
तमु प्ये ल्हु संघका पूर्व केन्द्रीय अध्यक्ष एवं शान्त तमु समाजका संस्थापक अध्यक्ष क्या. रुपबहादुर गुरुङले अवसरको सदुपयोग गर्नुपर्नेमा जोड दिँदै निरन्तर अभ्यास गर्न सके सफल उद्घोषक बन्न सकिने बताउनुभयो । समाजका सल्लाहकार सु. इन्द्रबहादुर गुरुङले जन्मजात कसैले पनि सिकेर आएको नहुने बताउँदै तालिमबाट सिकेका कुरा व्यवहारमा उतार्न सके तालिमको उपलब्धी हुनसक्ने उल्लेख गर्नुभयो ।
शान्त तमु समाजका अध्यक्ष सु. मीनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव हिमबहादुर गुरुङ र सल्लाहकार जगनप्रसाद गुरुङले स्वागत गर्नुभएको थियो । यही भदौ २३ गतेसम्म सञ्चालन हुने तालिममा नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रूद्रबहादुर श्रीसले प्रशिक्षण दिनुहुनेछ ।

Advertisment