मगर संघ दक्षिण कोरियाले ‘छुसक सांगीतिक धमाका’ गर्ने

सउल, १६ साउन
नेपाल मगर संघ दक्षिण कोरियाले ‘छुसक सांगीतिक धमाका–२०१८’ आयोजना गर्ने भएको छ ।
संघले आगामी सेप्टेम्बर २४ तारिख सउलमा आयोजना गर्ने यस कार्यक्रमका लागि नेपालका चर्चित कलाकारहरू छनौट समेत गरिसकेको छ ।
‘नेपाली कला संस्कृति हाम्रो पहिचान, सामाजिक कार्यमा निरन्तरता हाम्रो अभियान’ भन्ने मूल नारा र आफ्नो मौलिक भाषा, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न तथा मगर संघले दक्षिण कोरियामा सञ्चालन गरेको सेल्टरको निरन्तर व्यवस्थापन गर्ने मूल उद्देश्य राखेर मगर संघ दक्षिण कोरियाले ‘छुसक सांगीतिक धमाका–२०१८’ नामक सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष खड्ग थापामगरले जानकारी दिनुभयो ।
अध्यक्ष थापामगरका अनुसार संघले यसपालीको कार्यक्रमका लागि नेपालबाट चर्चित कलाकारहरू डीआईडी लिटल मास्टर र झलक दिखलाजा बिजेता टेरिया फौजामगर, हास्य कलाकार सन्दीप क्षत्री, नेपाल आइडल उत्कृष्ट चारमा पर्न सफल गायक सागर आले, गायिका मीना निरौला, गायक हेमन्त राना र लोक तथा दोहोरी गायिका शान्ति श्री परियार आउने छन् ।
चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको जोडदार प्रस्तुति रहने कार्यक्रमको हल भने सउलस्थित खाङवन्डो थेहाक्योको सुविधा सम्पन्न हलमा हुने सचिवालय संयोजक अप्त पुनले जानकारी दिनुभएको छ ।

Advertisment